काठमाडौं ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको आइतबार राति निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि चाबहिलमा रहेको ओम अस्पतालतर्फ लगिँदै गरेको थियो । बिरामी भए लगतै उपचारको लागि अस्पताल नपुर्याउँदै गर्दा उहाको निधन भएको थियो । निधन हुनुको कारण खुलेको छैन ।
उहाले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका थिए । करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवातको सन्केत दिएका थिए ।
भट्टराई तीसकाे दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उनले दर्जनौं चलचित्रमा अभिनयसमेत गरेका छन् । उहाको निधन पछि चलचित्र क्षेत्रमा लागेकाहरुले दुख व्यक्त गरेका छ्न ।


