जनमत गुमेपछि काँग्रेसले नेकपा माथि आक्रमण गर्न थाल्यो : सभापति पोखरेल

 
चितवन, २९ मंसिर । कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेले जनमत गुमाउदै गएको पीडामा काँग्रेसले नेकपाका नेता माथि आक्रमण गरेर बहादुरी देखाउन खोजेको बताउनु भएको छ ।
नेकपाका नेता माथि भएको आक्रमणको विरोधमा चितवनको कुरिनटारमा आयोजना गरेको सभामा सम्वोधन गर्दै उहाले यस्तो बताउनु भएको हो । इच्छाकामना गाउपालिका वडा नंं. २ मा नेकपाबाट निर्वाचित वडा अध्यक्ष पञ्चबहादुर चेपाङलाई काँग्रेस कार्यकर्ताले वडा कार्यालय सार्ने विषयमा कालोमोसो जुत्ताको माला लगाउने अमानवीय कार्य गरेका थिए । घटनाको विरोमा आयोजित कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ का सांसद समेत रहनु भएका पोखरेलले अरुलाई कुटेर आफू अगाडि वढ्ने सपना कांग्रेसले देख्दैछ भने यस्तो दिवास्वप्न नदेख्न आग्रह गर्नु भयो ।
स्थानीय सरकारमा कांग्रेसले जितेको छ भन्दैमा दम्भ नदेखाउन पनि उहाँले आग्रह गर्नुभयो । स्थानीय सरकारको ८० प्रतिशत बजेट केन्द्र र प्रदेशबाट आउने बताउँदै स्थानीय सरकारले नेकपालाई चिढ्याउने काम नगर्नु बुद्धिमानी हुने पनि बताउनु भयो । यस्तै षडयन्त्र पूर्वक नेकपाबाट निर्वाचित वडाध्यक्षलाई कालोमोसो दल्ने र कुटपिट गर्ने दोषिलाई प्रहरीले पक्राउ गरेर कानुन अनुसार कारवाही गर्न लाग्दा नेपाली कांग्रेसले जोगाउन लागिपरेको भन्दै दोषिलाई जोगाउन लागि पर्ने मतियारहरुलाई पनि कारवाहिको दायरा ल्याउन नपरोस् भन्दै सांसद पोखरेलले चेतवानी दिनुभएको छ ।
यसैगरी सोहि कार्यक्रममा बोल्दै वडामा सञ्चालित योजनामा भ्रष्टाचार गर्न नपाएको झोकमा कांग्रेस कार्यकर्ताले नेकपाबाट निर्वाचित वडाध्यक्ष र नेकपाका कार्यकर्तालाई कालोमोसो दल्ने, कुटपिट गर्ने काम भएको नेकपा इच्छाकामना गाउपालिका संयोजक एवं जिल्ला सदस्य प्रताप गुरुङले बताउनु भएको छ । घटनाका दोषिलाई बचाउन नेपाली कांग्रेसले खुलेआम चलखेल गर्न थालिएको बताउदै यो कुराले नेपाली कांग्रेसकै निर्देशनमा घटना भएको पुष्टि भएको पनि उहाँले बताउनु भयो ।
नेकपा इच्छाकामनाका अर्का नेता दान बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीको रुपमा चितवन क्षेत्र नं. २ का संघिय सांसद कृष्ण भक्त पोखरेल, नेकपाको ३ नं. पदेश कमिटी सदस्य प्रकास सिलवाल, चितवन जिल्ला सदस्यहरु नारायण अधिकारी, सावित्री सिलवाल, जुना राजभण्डारी, प्रताप गुरुङ र घटनाका पीडितहरु वडाध्यक्ष पञ्च बहादुर गुरुङ, प्रकाश बुढाथोकी लगाएतकाको उपस्थिति रहेको थियो । मंसिर २१ गते नेकपाबाट निर्वाचित इच्छाकामना २ का वडाध्यक्ष पञ्च बहादुर चेपाङलाई कालोमोसो दली कृटपिट गरेको थियो ।

शेयर गरौ

ताजा अपडेट