चितवन,मंसिर २७ –
नारायणगढ-मुग्लिन सडक खण्डमा दुई हप्ताका लागि दिउँसोको समयमा बन्द गरिने भएको छ ।
सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने र सडक सुरक्षालाई ख्याल गर्दै यही मंसिर २७ गते देखि पुष ११ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिने आयोजनाका इञ्जिनियर एवं सूचना अधिकारी शिव खनालले बताउनु भयो ।
सडक खण्डको गाईघाट, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलबिरे, चारकिलो, टोपेखोला र कालिखोला क्षेत्रमा पहिरो रोकथामको काम हुदैँछ । १३ करोड रुपैयाँको लागतमा बज्रगुरु हिमशिखर न्यु टेक्निकल जेभीले काम सुरु गरेको खनालले बताउनुभयो ।


