एसियाली खेलकुद (साग) सम्पन्न गर्न ३ अर्ब रुपैयाँ खर्च

काठमाण्डौं २६ मंसिर । तामझका साथ सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करिब ३ अर्ब रुपैयाँ खर्च भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दिनु भएको जानकारी अनुसार सागको व्यवस्थापकीय खर्चका लागि सरकारले ३ अर्ब ६५ करोड रुपैयाँ छुट्याएको थियो । यसबाट करिब ३ अर्ब खर्च भएको छ । किफायती तरिकाले खर्च गरिएकोले विनियोजित बजेट बचेको उहाले जानकारी दिनु भयो । ३ अर्ब रुपैयाँमा खेलाडीको लागि पुरस्कारमा दिने खर्च बाहेकको रकम हो ।

परिषदले आउदो ९० दिनभित्र सागमा भएको खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्नेछ । नेपालले यसपटक सागको उद्घाटन र समापन कार्यक्रम भब्य बनाउन कुनै कसर बाँकी राखेको थिएन । समारोहको स्वदेश र विदेशमा समेच प्रसम्सा भएको थियो । उद्घाटन र समापनका लागि अनुमानित १५ करोड रुपैयाँ खर्च भएको परिषदको भनाइ छ ।

सदस्य सचिव सिलवालका अनुसार यी दुई इभेन्टका लागि १ महिनादेखि करीव १८ हजार कलाकार, विद्यार्थी, सुरक्षाकर्मी खटिएका थिए । उनीहरुलाई दैनिक ५ र ६ घण्टा उभ्याउँदा खाजा खर्चको जोहो परिषद्ले गरेको थियो । सांस्कृतिक झाँकीहरुका लागि कलाकारले करीव १ महिनासम्म तयारी गरेका हुन् ।

सागमा करिब ५ हजारको संख्यामा विदेशी पाहुना नेपाल आएका थिए । विदेशी टोलीमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, संचारकर्मी तथा उच्च पदस्थ अधिकारीहरु थिए । उनीहरुका लागि आयोजकले काठमाडौं, पोखरा र जनकपुरमा गरी करीव २२ सय वटा कोठा बुक गरेको थियो । पाहुनाको आवास र खानपिनमा ठूलो रकम खर्च भएको छ । यसको हिसाब परिषद्ले अझै निकालिसकेको छैन । यातयातमा पनि उत्तिकै खर्च भएको छ ।

फरक–फरक स्थानमा खेल भएका कारण खेलाडी तथा व्यवस्थापकलाई आयोजककै खर्चमा यातायातको व्यवस्थापन गर्नुपर्छ । सुरक्षाकर्मीको परिचालनमा पनि ठूलो खर्च हुने गरेको छ । यसका साथै विभिन्न विधाका खेलाडीहरुको करीव ५ महिना अगाडिदेखिको प्रशिक्षणको खर्च समेत यसमा जोडिने छ ।

शेयर गरौ

ताजा अपडेट