मर्मतपछि भरतपुर विमान स्थल सञ्चालन

चितवन समाचार डटकम,
२५ मंङसिर । रनवे मर्मत गर्नको लागि दश दिन बन्द भएको भरतपुर विमान स्थल वुधबारदेखि सञ्चालनमा आएको छ ।
२० वर्ष अगाडि कालोपत्रे गरेको रनवे भत्कन थालेपछि मंङसिर १५ गतेदेखि २४ गतेसम्म बन्द गरेर काम गरेको थियो । नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयका प्रमुख पवनकुमार गौतमले भन्नु भयो ‘विमान स्थलको रनवेमा ओभर ल्याप काम सकेर आजबाट नियमित उडान सुरु भएको छ ।’ विमानस्थलको धावनमार्ग, ट्याक्सी वे र जहाज पार्किङ पूर्ण मर्मतसम्हार र ओभरले गरिएको छ ।
भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विमानस्थल मर्मत गरिएको छ । मर्मत सकेर पार्किङको काम पनि धेरै सकिएको छ प्रमुख गौतमले भन्नु भयो ‘थोरै कामहरु बाँकी रहको छ त्यो काम जहाज रोकेर गर्न पर्दैन विस्तारै हुन्छ ।’ करीव १२ सय मिटरको रनवे रहेको यहाँ अब जहाज सुरक्षित अवतरण गर्न सक्नेछन् उहाले भन्नु भयो । मर्मतपछि अब कम्तिमा १० वर्षका लागि ढुक्न हुनेछ ।
विमानस्थल ओभर ले गर्दा ६० एमएमको पिच गरिएको छ । ७०÷७० मिटर रहेको पार्किङलाई बढाएर ९०÷८० को बनाइएको छ । धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि करिब १० करोडको ठेक्का सम्झौता भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ज्योति थापाले जानकारी दिनुभयो । उहाँले विमानस्थलको मुख्य काम सम्पन्न भएको भन्दै बाँकी काम पनि छिट्टै सम्पन्न गरिने बताउनुभयो । मर्मतसम्हारको जिम्मा गौरी पार्वती जेभीले लिएको छ ।
६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । भरतपुरमा बुद्ध, यति र सिम्रिक एयरलाइन्सले उडान भर्दै आएका छन् । भरतपुर–काठमाडौँ दैनिक ८ र बुद्ध र यतिले भरतपुर–पोखरा एक–एक उडान गर्दै आएको छ । विमानस्थलबाट दैनिक ८ सय यात्रुले सेवा लिदैं आएका छन् ।

शेयर गरौ

ताजा अपडेट