चितवन समाचार डटकम
२३ मंसिर । पीडकलाई कार्बाही र क्षतीपुर्तीको रकम नपाउदा आफूले न्याय नपाएको पीडितहरुले बताएका छन् ।
हिंसामा परेका महिलाहरुले सोमबार भरतपुरमा आयेजित एक कार्यक्रममा यस्ता बताएका हुन् । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा सोमबार भरतपुरमा आयोजना गरिएको कार्यक्रममा सहभागी महिलाहरुले आफूलाई अन्याय पर्दासेमत न्याय नपाएको बताएका छन् । भरतपुरको विभिन्न आश्रय स्थलमा वस्दै आएका महिलाले श्रीमानबाट आफू हिंसामा परेको, हिंसा गर्ने मध्य केहीले सजाय पाएपनि पीडकबाट क्षतीपुर्तीको रकम आफूले नपाएको गुनासो गरेका हुन् ।
मञ्जुश्री असाय केन्द्रमा बस्दै आएकी २१ वर्षीय एक युवतीले भनिन् १४ वर्षको उमेरमा विवाह गरेर गएपनि श्रीमानले माया नगरेको र अहिले घरबाट निकाल्दा आश्रय स्थलमा आएर बस्नु परेको बताइन । श्रीमानबाट हेलामा परेको भएपनि न्याय नपाउदा मुलुकमा कानुन नभएको आफूले महसुस गरेको बताइन । भरतपुरको विभिन्न आश्रय स्थलमा बस्दै आएका महिलाले आफू श्रीमानबाट हिंसामा परेको, सम्वन्ध बिच्छेद गर्न श्रीमानले दवाव दिएको, न्याय दिने पक्षहरुनै पीडकसंग मिलेर बस्दा न्याय नपाएको बताएका थिए ।
कार्यक्रममा जिल्ला अदालत चितवनका न्यायधिस हेमन्त रावलले आफूले न्याय नपाएको महसुस भए अदालतको सहरा लिन अनुरोध गर्नु भयो । महिला हिंसाको विषयमा न्याय खोज्न आउनेलाई निःशुल्क कानुनी उपचार हुने बताउनु भयो । आफूलाई परेको अन्यायको विषय खुलाएर आए न्याय दिन आफू तयार भएको बताउनु भयो । कार्यक्रममा प्रदेश सांसद कञ्जन खनाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडी, नेपाली काँग्रेसका सचिव राजिव न्यौपाने, जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना श्रेष्ठलगायतले आफ्नो मन्तव्य राखेका थिए ।


