चितवन २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनले आफ्नो पार्टीका स्थानीय नेता माथि कुटपिट र दुव्र्यवहार गर्ने काँग्रेसका कार्यकर्तालाई कार्बाही गर्न माग गरेको छ ।
नेकपा चितवनले आज जारी गरेको विज्ञप्तिमा पार्टीका स्थानीय नेता प्रकास वुढाथोकी र इच्छाकामना गाउपालिका वडा नं. २ का अध्यक्ष पञ्चबहादुर चेपाङ माथि भएको घटना प्रति आपत्ती जनाएको हो ।
इच्छाकामना २ स्थित प्राथमिक विद्यालय नजिक जोखालाल चेपाङको घरमा कांग्रेसद्वारा गरेको तालाबन्दी तथा सामुदायिक सार्न खोज्ने विषयमा काँग्रेसका कार्यकर्ताले वडा अध्यक्ष चेपाङ र पार्टीका वडा अध्यक्ष वुढाथोकी माथि कुटपिट गर्ने, कालोमोसो लगाउने जस्ता कार्य गरेको भन्दै कार्वाही गर्न माग गरेको हो । जारी विज्ञप्तिमा भनिएको छ
पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आदेशबमोजिम सामुदायिक भवनमा सार्न खोज्ने क्रममा नेपाली कांग्रेसका सक्रिय कार्याकर्ताहरु उत्तर गुरुङ, विर्खबहादुर गुरुङ, विजय गुरुङ, गीताबहादुर गुरुङ, जोखालाल चेपाङलगायतले सोही वडाका अध्यक्ष एवम् पार्टी सचिव पञ्चबहादुर चेपाङ तथा वडा पार्टी अध्यक्ष प्रकाश बुढाथोकीमाथि कुटपिट गर्दै कालोमोसो दल्ने र जुत्ताको माला लगाउने मानव मलमूत्र खुवाउन खोज्ने दुष्प्रयास भएको छ ।
यस्ता घटनाले आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेसको प्रजातान्त्रिक कुसंस्कार आम जनताबीच छर्लङ्ग देखिएको छ विज्ञप्तीमा भनिएको छ । विधि र कानुन हातमा लिनेलाई काबार्ही गर्न भनिएको छ ।


