चितवन फिजिकल फिटनेश सेन्टरबाट ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा ९ जना छनौट

चितवन समाचारडटकम, भरतपुर, २२ माघ :

विगतका वर्षहरुमा झै चितवन फिजिकल फिटनेश सेन्टरबाट तालिम लिएका ९ जनाले २०१९ इन्टेक अन्तर्गत ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा नाम निकालेका छन् ।

चितवन फिजिकल फिटनेश सेन्टरको इतिहासमा यो ठूलो संख्यामा नाम निकाल्न सफल वर्ष मानिन्छ ।

२०१९ को लागि ब्रिटिस आर्मी तर्फ नवलपरासीका ओसन राई, चितवनका मनिक लामा, सर्वजित गुरुङ्ग, सरोज मल्ल, राहुल दराई, गोरखाका रोहित गुरुङ्ग, शिवप्रसाद थापा सिंगापुर पुलिसतर्फ चितवनका विजय गुरुङ्ग र लमजुङ्गका सुलभ गुरुङ्ग छनौटमा परेको चितवन फिजिकल फिटनेश सेन्टरका प्रबन्ध निर्देशक प्रकाश गुरुङ्गले जानकारी दिनुभयो ।

ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ती हुन चाहने युवाहरुलाई मध्यनजर गर्दै चितवन फिजिकल फिटनेश सेन्टर (टे«निङ्ग सेन्टर)ले २०१९–२०२० ईन्टेकको लागि भर्ना खुलेको आव्हान समेत गरेको छ ।

भर्ना पश्चात हुने टे«निङ्ग अवधिमा होस्टल, स्वस्थकर क्यान्टिन, एसी सहितको आरामदायी कक्षाकोठा, अनुशासनका साथै आवश्यक ज्ञान, फिजिकल टेष्टहरु, जिमको लागि आवश्यक सहयोग रहने प्रबन्ध निर्देशक गुरुङ्गले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट