भरतपुरमा खुल्यो द हिमालयन अर्गानिक

भरतपुर, मंसिर २० ।

नेपाली जडिबुटीहरुबाट निर्मित अर्गानिक खाद्य पोषक तत्वहरुको बिक्री केन्द्र द हिमालयन अर्गानिकले चितवनमा शुक्रबारदेखि सेवा सुरु गरेको छ । स्याउली बजारमा रहेको सो बिक्री केन्द्रमा विभिन्न प्रकारका दीर्घ रोगहरुको निदानका लागि उपयुक्त पुरक पोषक तत्वहरु उपलब्ध हुने सञ्चालक अरुण पौडेलले बताएका छन् । उनका अनुसार अर्गानिक वल्र्ड ग्रुप कम्पनिद्धारा उत्पादित बिशुद्ध नेपाली जडिबुटीहरु द हिमालयन अर्गानिकमा उपलब्ध हुनेछन् । कुनैपनि उत्पादनमा कुनै प्रकारको मिश्रण प्रयोग गरिएको छैन ।


सो अर्गानिकमा यार्सागुम्बा, घिउकुमारी, सञ्जिवनी बुटी, रातो च्याउ, मोरेण्डा, सामुद्रिक लेउ ईतयादि उपलब्ध छन् । कुनै दीर्घ रोगबाट पिडितका लागि निरोगी बन्न र स्वस्थ मानिसका लागि रोगबाट बच्न उत्पादनहरु उपयोगी हुने बताईएको छ । साथै त्यहाँ हुम्ला जुम्लाको दाल, मार्सी चामल, कोदो, फापर, टिमुर लगाएतका मौलिक नेपाली अन्न तथा खाद्यबालीहरु उपलब्ध रहेको सञ्चालक अरुण पौडेलको भनाई छ ।
कार्यक्रममा अर्गानिक वल्र्ड ग्रुपका नेतृत्वकर्ता ईश्वर वि सी, चिरायु अर्गानिक नवलपुरका सञ्चालक चिरञ्जिवी पौडेल लगाएतको सहभागिता रहेको थियो । सो अवसरमा स्वस्थ जिवन यापनबारे प्रशिक्षण समेत गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट