अब हिउपर्ने रारा ताल क्षेत्रमा पनि टेलिकमको फोरजी सेवा

"नेपाल टेलेकमको तराइदेखि हिमालसम्म फोरजी सेवा "

काठमाण्डौ २० मंसिर । नेपाल टेलिकमले तराइदेखी हिमालसम्म फोरजी सेवा बिस्तार गरेको छ ।

पछिल्लो समय दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा सन्चालनमा ल्याएको छ ।

तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने छ । मुगुको रारा ताल क्षेत्रमा  बिहीबारदेखि उपभोक्ताले यो सेवा लिन थालेका छन ।   कर्णाली अञ्चलका ५ जिल्लामध्ये मुगुको रारा तालमा पर्यटक, स्थानीय वासिन्दा र व्यवसायीको सुविधालाई ध्यानमा राखी पहिलोपटक फोरजी सेवा प्रदान गरिएको हो । यो सेवाको शुरुवात सँगै स्थानीय व्यावसायी र वासिन्दालाई उच्च गतिको डाटा सेवा प्रयोग गरी व्यवसाय प्रबद्र्धन तथा प्रचार गर्न सहज भएको छ ।

त्यस क्षेत्रमा जाने पर्यटकले त्यहाँका दृश्य तथा गतिविधिहरु कम्पनीको फोरजी नेटवर्क प्रयोग गरी तत्काल प्रत्यक्ष प्रसारण समेत गर्न सकिने छ । समुद्री सतहभन्दा २९७२ मिटर उचाइमा रहेको यस तालमा वार्षिक ६० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण हुने गरेको छ ।

राजा महेन्द्रद्वारा वि.सं.२०२० सालमै रारा ताललाई स्वर्गकी रानीको उपमा दिएर यसको सुन्दरताको बयान गरिएको थियो । फोरजी सेवाको विस्तारसँगै भ्रमण वर्ष २०२० का अवसरमा रारा ताल एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुनसक्ने सम्भावना बढेको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताउनु भयो । रारा नेपालको सबैभन्दा ठूलो र सबभन्दा गहिराई भएको ताल पनि हो ।

पर्यटकीय मौसममा पर्यटकका टेन्ट र फायर क्याम्पिङले भरिने मिलिचौर, नेपाली सेनाको श्रीदल गण क्षेत्र तथा स्थानीय व्यवसायीहरु फोरजी सेवाबाट लाभान्वित हुनेछन् । टेलिकमले तराइदेखी मुगु को हिउँ पर्ने स्थानमा  पनि फोरजीसेवा सुरु गरेपछी यसको व्यापकता बढ्दै गएको छ ।

शेयर गरौ

ताजा अपडेट