चितवन २० मंसिर । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत शुक्रबार दिनभरी भ्यान नभइ हुनु भयो ।
गृह मन्त्रालयले नियमित प्रकृया अन्तरगत प्रमुख जिल्ला अधिकारीलाई सरुवा गर्ने गर्दछ । त्यसै क्रममा चितवनका प्रजिअ वस्नेत सरुवा भएर पर्सा जिल्लामा जाने हुनु भएको छ । जिल्लाका विभिन्न सस्था, सरकारी कार्यालयका प्रमुखहरु, स्थानीय तहले उहालाई यहाँ रहदा भएका कामको सम्झनामा विदाइ कार्यक्रम राखेको थियो ।
भरतपुर महानगरपालिकाले आफ्नो कार्यकक्षमा प्रमुख रेनु दाहालसहितले विदाइ कार्यक्रम राख्यो । आफूनो कार्यकालमा भएका कामको वेलिविस्तार लगाउनु भयो । आफैले जिल्लाका सञ्चार माध्यमसंग भेटघाट कार्यक्रम राख्नु भयो । उहाँको कार्यालयमा जिल्लामा आफूले १८ महिना अवधीमा गरेका काम र गर्न नसेकका कामको विषयमा सञ्चार माध्यमलाई जानकारी गराउनु भयो ।
सुशासन र सद्आचरणका साथ आफूले कर्तव्य निर्वाह गरेको दावी समेत गर्नु भयो । उहाले भन्नु भयो यहाँ रहदा जिल्लाको शान्ति सुरक्षालाई खलल हुने अवस्था रहेन, जिल्लाको शान्तिको विषयमा आफूले उल्लेख्य काम गरे । जिल्लामा भएका ठुला काण्डहरु गोद्राङ ढाटमा भएको आगजनी काण्ड, शालिकराम आत्महत्या र रवि लामिछानेसंगको मुद्दा काण्ड, रंगशाला डोजर काण्ड, ज्ञानेन्द्र शाही माथि भएको आक्रमण काण्ड, चितवन मेडिकल कलेजको शुल्क विवादलगायत मुख्य विषयहरुमा आफूले न्यायोचित भूमिका निर्वाह गरेको उहाले दावी गर्नु भयो ।
आफ्नो कार्यकालमा मुग्लिन नारायणगढ सडक पूर्ण रुपमा सञ्चालन हुन सकेकोमा उपलब्धी मानेको बताउनु भयो ।
बस्नेतलाई भतरपुर महानगरपालिकाकाले कार्यकाल सफल भएको भन्दै कदर पत्रले सम्मान गरेको महानगर प्रवक्ता अरुणपीडित भण्डारीले जानकारी दिनु भयो । त्यस्तै गरी शुक्रबारनै जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले विदाइ गरेको छ । महिला अधिकारकर्मीहरुले शुक्रबार साँझनै विदाइ कार्यक्रम गरेको छ भने उद्योग संघ चितवनले आइतबार विदाइ कार्यक्रम राखेको छ । प्रजिअ वस्नेत आफू विवादित नभएको सुशासनका क्रममा विभेद नगरेको भन्दै विदाइ गरेको कार्यक्रम आयोजकले प्रतिक्रिया दिएका छन् ।


