चलचित्रको विशेष शोमा लक्की मिडियाले कलाकारलाई सम्मान गर्ने

चितवन २० मंसिर । नेपाली चलचित्र कबड्डी कबड्डी कबड्डीको बिशेष शो प्रदर्शनको क्रममा लक्की मिडिया हाउस चितवनले कलाकारलाई सम्मान गर्ने भएको छ ।
चितवनको भरतपुरमा रहेको सिजी कम्प्लेक्स सिनेमा हलमा नेपाली चलचित्र तथा रंगमञ्चका कलाकारलाई सम्मान गर्न लागेको मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले जानकारी दिनु भयो । मंसिर २३ गते सोमबार हुने विशेष शोमा हास्य क्षेत्रका वरिष्ठ कलाकार महदकृष्ण श्रेष्ठ, सिनेक्षेत्रमा योगदान दिएका व्यक्तिहरु ,ब्यवसायी तथा समाजसेवीलाई सम्मान गर्न लागेको हो ।
कार्यक्रममा कलाकार विपिन कार्की, नायिका बर्षा राउत, हास्य कलाकार बुद्धी तामाङ ,अभिनेत्री तथा निर्मात्री रोशनी केसी सहित रंग पत्रकार बिना श्रेष्ठको सहभागी रहने उहाले बताउनु भयो । लक्की मिडिया हाउसले यस अघिपनि विभिन्न कलाकार तथा समाजसेवीलाई चलचित्रको विशेष शोको आयोजना गर्दै सम्मान गरेको थियो ।

शेयर गरौ

ताजा अपडेट