शालिग्राम नेपाल
केही मिठो बात गर
रात यसै ढल्किदैछ ।
एउटा युगले जन्माएको संगीत साधक स्वरसम्राट नारायणगोपाल युगौसम्म बाचिरहने नाम हो । यो गीत उनले आफ्नो स्वरमा संगीत भरेपछि यसको छुट्टै महत्व र गरिमा गढेको छ । नेपाली सुगम संगीतमा उनले गरेको योगदानको इतिहासको सुनौलो पानामा लेखिएको छ । युवा, वयस्क, पौढ सवैले मन पराउने अमर गीत गाउन सक्ने क्षमतावान व्यक्तिले गायको यो गीत मात्र होइन अन्य गीतहरु पनि त्यतीकै चर्चित र सदाबहार भएका छन् ।
“यसै गरी विताइ दिन्छु दुइ दिनको जिन्दगी
हासोमा लुटाइ दिन्छु आफू आँसुमा डुबी”
यो गीत पनि त्यतीकै उत्कृष्ट छन् । उनले नेपाली गीत संगीतमा दिएको योगदानको कुनै मूल्य छैन, त्यसलाई मापन गर्न सकिदैन । उनले गाएका कालझै गीत संगीतहरु अझै ताजै रहेको छ । माथि उल्लेख गरिएको शब्दको गीत होस या अन्य उनले गाएका सबै गीतहरु नेपाली मनहरुमा ताजै छ ।
नेपाली गीत संगीतका एउटा मुर्धन्य व्यक्तित्व नारायणगोपालले यस संसारबाट भौतिक शरिर छाडेर गएको २५ वर्ष वितिसकेको छ । तर उनको सम्झनामा देशका विभिन्न स्थानमा कार्यक्रमहरु हुने गर्दछ । उनले गाएका गीतलाई आफ्नो स्वरमा ढालेर गाउने चलन छ । नारायणगोपालको सम्झनामा राजधानी काठमाण्डौ चितवन सहित विभिन्न स्थानमा साँस्कृतिक कार्यक्रम हुने गर्दछ । ती कार्यक्रममा श्रद्धाञ्जती स्वरुप उनका गीतहरु उनकै आवाज जस्तै पारेर गाउने चलन रहेको छ । यस्तो कार्यक्रमलाई चितवनको नारायणीकला मन्दिरले निरन्तरता दिदै आएको छ ।
नारायणगोपालको स्वरमा अलग जादु भएको कारण गीत संगीतको इतिहासमा उनको नाम अमर रहन गएको गीतकार प्रेमविनोद नन्दन बताउँछन् । उनले गाएको प्रत्यक्ष गीत सुन्न नपाएपनि रेकर्ड गरिएका गीत, उनले जस्तै गाउने प्रयास गर्ने नव गायकहरुले गाउदा पनि आनन्द लाग्ने गरेको नन्दनको भनाइ छ ।
नेपाली साहित्यमा कलम चलाउने गरेका नन्दनले भने नारायणगोपाल जस्तो प्रतिभा नेपालले पाउनु गौरव हो । अबका दिनमा विरलै यस्ता मुर्धन्य व्यक्ति नेपाल आमाले जन्माउछिन् । स्वरसम्राट जस्तो प्रतिभावान व्यक्ति जन्मिनको लागि युगौ पर्खनु पर्ने उनको भनाइ छ । नारायणगोपालले आधुनिक गीतसंगीत मात्र गायनन् । उनले युवाहरुको लागि केन्द्रीत गर्दै चाच्ने रमझम गर्ने प्रकारको गीत पनि गायका छन् ।
“मोहनी लाग्ला है गाउलेको बोलीले”
युवाहरु माझ यो गीत ज्यादै लोकप्रिय वनेको छ । सानादेखि पाको पुस्तासम्मका लागि नारायणगोपालले गीत गाएका छन् । मोहनी लाग्ला है भन्ने गित विवाह, व्रतवन्ध, वनभोज, सास्कृतिक कार्यक्रम जताततै बज्ने गर्दछ । यही भएरपनि नारायणगोपालले सवैको मन जित्न सफल भएका छन् । गीत संगीतमा युगौसम्म छाप छोड्ने क्षमत भएका गायक नेपाल आमाले जन्माउन धेरै वर्ष कुर्नु पर्ने संगीतका क्षेत्रमा ज्ञान राख्ने एक जना व्यक्ति प्रकास सायमी बताउछन् । उनले एउटा लेखमा भनेका छन् “नेपालमा नारायणगोपाल र भारतमा लता मंगेसकर उस्तै प्रतिभा वान व्यक्ति हुन् ।” उनी भन्छन् “नारायणगोपालको स्वरलाई सहज रुपमा ईश्वरको वरदानमात्र भन्न मिल्दैन, यो साधनाको ईश्वरप्रदत्त गुण हो ।” सायमीले भने “उनले गायका हरेक गीतमा, गीतमा मात्र होइन गीतभित्र पाइने स साना हर्कत, मुरकी वा खेलमा उनको महिनौंमहिनाको अध्यास देखिन्छ र झल्किन्छ उनको इमान्दारी ।”
सायमीले भने “नेपालका नारायणगोपाल र भारतकी लतालाई लिएर एउटा गीत रेकर्ड गराउने योजनामा संगीतकार दिव्य खालिङ थिए, तर त्यो योजना पूरा भएन ।” नारायणगोपाल त्यस्ता गायक हुन जसले गाएको गीतबाट संगीतकार र गीतकार चर्चित हुन्थे । उनी आफै चर्चित त थिए तर उनले गीत गाएपछि उनीसंग जोडिएका नामहरुलाई समेच चर्चामा पु¥याइ दिन्थे । राम्रा नाम चलेका संगीतकार, खारिएका गीतकारसंग मिलेर गीत गाउदा चर्चित भइन्छ भन्ने गायकलाई नारायणगोपाल मिथ्या सावित गरेका छन् । उनको स्वरमा यस्तो जादु थियो जसको स्वरले गीत उत्कृष्ट वन्ने गरेको थियो ।
तर पनि नाराययणगोपाललाई खारिनमा योगदान गर्ने केही संगीतकारको नाम उनी लिन्छन् । अम्वर गुरुङ, गोपाल योञ्जन, दिव्य खालिङ । उनीहरुले स्वरसम्राट नारायणगोपालका गीतलाई अझ अम्मर र अजर वनाउन ठूलो महत्व गरेका थिए ।
अम्मर र गोपाल योञ्जन पछि दिव्य खालिङको संगीतमा
मत लालीगुराँस भएछु,
विपना नभइ,
मायाको आधारमा,
संधै नै म हाँसे,
तिमी जुन रहरले,
तिमीलाई भुल्नु म एक्लो भएछु
जस्ता गीतहरु वहु चर्चित हुन सफल भएको सायमी बताउछन् । सयमीको जस्तै उदाहरण दिन्छन् खुसी पुस्तकमा पत्रकार विजयकुमार । उनले त्यस पुस्तकमा उल्लेख गरेका छन् “धेरै व्यक्तिसंग अन्र्तवार्ता लिए तर नारायणदाई संग अन्र्तवार्ता लिन सकिन ।” अन्र्तवार्ता लिन जाँदा नारायणगोपालले भनेका थिए “तिमी मेरो अन्र्तवार्ता लिएर आफू हिट हुन चाहन्छौ म त्यस्तो हुन दिन्न” खुसी पुस्तकमा उल्लेख गरिएको छ । नेपालमा गुणस्तरीय अन्र्तवार्ता लिने व्यक्तिका रुपमा रहेका पत्रकार विजयकुमारलाई नारायणगोपालले अन्र्तवार्ता दिन मान्नु भएको थिएन । आफू प्रचारमा होइन काम लगन र साधनामा रमाउने उनले नेपाली गीत संगीतमा ठूलो योगदान दिएको जानकारहरुको भनाइ छ ।

नारायणगोपालको जस्तै आवाज भएको मान्दै चर्चित गायकका रुपमा स्थापित भएका रामकृष्ण ढकालपनि उनको गीतलाई गाउन छुटाउदैनन् । धेरै संघर्ष गरेर नेपाली गीत संगीतमा स्थापित भएका गायक ढकाल संगीतको सर्वोच्च शिखरमा नारायणगोपाललाई राख्ने गरेको बताउछन् । उनले भने “मैले उनैको गीत गाएर यहासम्म आइपुगे मेरो एकल साँझमा नारायणदाइको गीत गाउन छुटाउदिन ।” ढकालले नारायणगोपालका धेरै गीत गाउने गर्दछन् । तर आफ्नो एकल साँझको मुख्य आकर्षणको गीतमा नारायणगोपलको गितलाई प्राथमिकतामा राख्ने गर्दछन् । ढकालले भने सानोमा नारायणदाइकै गीत गाएर हिडेको थिए । स्वर दुरुस्तै पार्नै भएका कारण मलाइ नारायणगोपालको सम्झना गराउने गायक भन्ने गरेका थिए । मेरो पहिलो सास्कृतिक कार्यक्रममा उहाकै गीत गाएको थिए ।
“मान्छेको माया यहा खोलाको पानी जस्तो” गीतलाइ प्राथमिकतामा राखेर गाएका थिए । उनले भने नेपाली गीत संगीतमा कहिल्यै नमर्ने र सुगम गीतका खम्वाका रुपमा नारायणदाइ अमर रहिरने छन् । स्वरसम्राट नारायणगोपलका गीत संगीतमा लागेका कलाकार मात्र नभइ अन्य क्षेत्रका व्यक्तित्वलाइ पनि ज्यादै मन पर्ने प्रतिक्रिया दिन्छन् । नेपालका पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफूलाई नारायणगोपालको गीत ज्यादै मन पर्ने बताउछन् । “गीत सुन्ने समय त मिल्दैन तर कहिलेकाही समय मिलेमा नारायणगोपालको गीत सुन्ने गर्दछु” नेपालले भने “नारायणगोपालको मनपर्ने गीतहरु कलेक्सन गरेर राखेको छु, समय मिलेमा सुन्ने गर्दछु ।”
उनी जस्तै नारायणगोपालको स्वरलाई मन पराउने अर्का व्यक्ति हुन् एसएसपी रमेश खरेल । नारायण गोपाल, बच्चु कैलाश र रामकृष्ण ढकालको स्वर आफूलाई सवैभन्दा वढी मन पर्ने उनी बताउछन् । सवै भन्दा वढी मन पर्ने नारायणगोपाल त्यसपछि अहिलेका चर्चित गायक रामकृष्ण ढकाल । उनले भने “स्वरमा एउटा छुट्टै जादु र उनले गाएपछि जुनसुकै गीतपनि हिट भइहाल्ने कला भएको गायकका रुपमा आफूले पाएको छु ।”

उनी मात्र होइन नेपालका राजनीतिककर्मी, व्यवसायी तथा विभिन्न क्षेत्रमा लागेका विशिष्ठ व्यक्तिहरुको गीतको रोजाइनै नारायणगोपल हुने गर्दछ । पछिल्लो समयमा केही छाडा प्रवृतिका गीतहरु बज्न थालेपनि नारायणगोपालको गीत भने कहिल्यै पुरानो भएको छैन । नेपाली रेडियोहरुले बजाउने गरेकै छन् । नेपाली गीत संगीतका महान व्यक्तित्व नारायणगोपाल प्रति श्रद्धाञ्जलि ।


