चितवन १९ मंसिर । भरतपुर महानगरपालिकाले छुट्टै पाठ्यक्रमको योजना ल्याएको छ ।
भरतपुरमा बुधबार एक कार्यक्रमको आयोजना गरि पाठ्यक्रम सार्वजनिक गरेको हो । हाम्रो गौरब, हाम्रो भरतपुर नामक आधारभूत तहको स्थानीय पाठ्यक्रम पुस्तीका लोकापर्ण गरेको छ । महानगरमा व्यवहारीक शैक्षिक प्रणलिको विकास गर्नका लागि महानगरले छुट्टै पाठ्यक्रम ल्याएको छ ।
पुस्तीकाको प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालद्धारा लोकापर्ण गर्नु भयो । दुलालले शिक्षा नितिमा आमुल परिवर्त ल्याउनका लागि प्राविधिक शिक्षामा जोड दिन आग्रह गर्दै राज्यले यस्ता विद्यालयका लागि अनुदानको पनि व्यवस्था गरेको बताउनु भयो । सरकारको समृद्ध नेपाल र सुखी नेपालीको अवधारणा लाई पुरा गर्न गुणस्तरीय शिक्षाको मुख्य भुमीका रहेको दुलालको धारणा थियो ।
कार्यक्रमका अध्यक्ष भरतपुर महानगरपालिका की मेयर रेनु दाहालले मेडिकल हबको रुपमा परिचित महानगरलाई शैक्षिक हबको रुपमा पनि विकास गर्ने योजना महानगरले लिएको बताउनु भएको छ ।


