स्कुल अफ हेल्थसाइन्समा अखिलको शुभकामना कार्यक्रम

चितवन, १७ मंसिर । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु स्कुल अफ हेल्थ साइन्स इकाइ कमिटीले नव अगन्तुक विद्यार्थीलाई शुभकामना कार्यक्रम गरेको छ ।
विभिन्न जिल्लाबाट स्वास्थ्यका क्षेत्रमा अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत, बधाइ तथा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेकपा भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानलेले विद्यार्थीको शैक्षिक मुद्दामा नेकपा सम्वेनशील भएर लागेको बताउनु भयो ।
स्वास्थ्य क्षेत्रमा हुने महंगो शिक्षा प्रणालीलाई सुधार गरेर सस्तो र सर्वसुलभ शिक्षामा नेकपाको सरकारले दीर्घकालिन कार्यक्रम ल्याउने बताउनु भयो । विगतको तुलनामा अहिले सुधार आएको जानकारी दिदै उहाले सिटिइभिटीका आंगिक शिक्षालयहरुमा अहिलेपनि अन्य क्षेत्रको तुलनामा सस्तोमा अध्ययन गर्न पाएको बताउनु भयो ।
कार्यक्रममा स्कुल अझ हेल्थ साइन्सका शिक्षालय प्रमुख रमनकुमार मेहताले प्रतिष्पर्धाबाट छानिएर आएका विद्यार्थीले शैक्षिक गुणस्तरमा राम्रो प्रगती गर्दै आएको बताउनु भयो । अहिले अध्ययनरत विद्यार्थीको क्षमता अझ राम्रो भएकाले आउदा दिनमा परिणाम उत्कृष्ट ल्याउने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा अनेरास्ववियु चितवनका नेता धिपन भण्डारी, प्रकास आचार्य, शिक्षालयका जनरल साइन्सका विभागीय प्रमुख निरज भट्ट, प्राध्यापक राजन सेढाइलगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । रक्तदान कार्यक्रममा ३६ जनाले रगत दान गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट