काठमाडौं, १७ मंसिर । बागलुङको बडिगाड खोलामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । तीन जना गम्भिर घाइते भएका छन् ।
गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउादै गरेको ग१ज ५२१९ नम्बरको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा नौं महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार बिहान गुल्मीको दोहलीबाट बागलुङको देवीस्थानको लागि छुटेको जिप तुरतुरेताल अगाडि दुर्घटना भएको हो ।
जिप सडकबाट ३ सय मिटर तल बडीगार्ड खोलामा खसेको प्रहरीले जनाएको छ । तीन जना गम्भीर घाइतेलाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ पठाईएको छ ।


