चितवन १६ मंसिर । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले महानगरलाई छिटै वैज्ञानिकरुपले फोहर व्यवस्थापनको तयारी गर्न लागेको बताउनु भयो ।
बालकुमारी माविको स्वर्ण महोत्सव अन्तर्गत सप्ताहव्यापी सरसफाइ कार्यक्रम उद्घाटन समारोहमा सम्बोधन गर्दै उपमेयर शाहले भरतपुरबाट देशैलाई देखाउने गरि वैज्ञानिक ढगंको फोहर व्यवस्थापन गरि नमुना बन्ने विश्वास व्यक्त गर्नु भयो । उहाले चेतनाको स्तर वृद्धि आफैबाट सुरु गर्नुपर्ने भन्दै सरसफाईको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।
निरोगी हुन सरसफाइ महत्वपूर्ण हुन्छ उहाले भन्नु भयो भित्री रूपमा पनि सकारात्मक सोचका साथ आफैबाट सुरू गर्नुपर्छ, कसैको बाटो होईन आफुनै गर्छु भन्ने भाव राख्नुपर्छ ।
भरतपुर महानगरले अरूका लागि के सिकाउन सक्छौ भन्ने सोचलाई प्रथामिकता दिएर काम गरेको बताउनु भयो । विद्यालयकी शिक्षिका तथा सरसफाई कार्यक्रमकी सयोजक करूणा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका विष्णुमाया दवाडीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रचार्य नारायणबहादुर थापा, पूर्व प्रधानाध्यापक सरस्वती रिजाल, सुरेन्द्र अस्तफल, विद्यार्थीहरुले सरसफाई गरेको स्वर्ण महोत्सव प्रचारप्रसार समितिका संयोजक सुमन गैरेले जानकारी दिनु भयो ।


