कास्की १५ मङ्सिर । प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा भएको निर्वाचनको जारी मतगणना परिणामबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराईको जीत सुनिश्चित भएको छ ।
पछिल्लो मत गणना अनुसार भट्टराइले २४ हजार ३९२ मत पाइसक्नु भएको छ भने प्रतिस्पर्धी काँग्रेसको उमेद्वारले १५ हजार ९८६ मत पाउनु भएको छ । मत गणना हुन बाँकी सख्या ८ हजार ४३१ मत रहेको छ । भट्टराइ ८ हजार ५३६ मतले अगाडि हुनुहुन्छ ।
कास्कीको यो क्षेत्रमा ४५ हजार ५६३ मत खसेको थियो भने अब तीन वडाको गणना हुन बाँकी रहेको छ ।


