भक्तपुर प्रदेश सभामा काँग्रेसको जीत : नेकपालाई अर्को झड्का

काठमाण्डौ १५ मंसिर । भक्तपुर निर्वाचन क्षेत्र १(क) को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल बिजयी हुनु भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत ल्याएर विजयी हुनु भएको हो ।
उहाँले नेकपाका उम्मेदवार डीपी ढकाललाई पराजित गर्नु भएको हो । ढकालले ११ हजार २ सय १० मत प्राप्त गर्नुभयो । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गर्नु भएको छ । नेकपाले जित्ने अनुमान गरेको स्थानमा काँग्रेस विजयी भएपछि नेकपामा ठुलो झ्डका लागेको छ ।
स्थानीय कार्यकर्तामा नेकपाका नेताहरुमा घमण्डपन बृद्धि भएको जनताको कामको विषयमा ध्यान नपुगेको, पद प्रतिष्ठाको पछाडि दौडेको भन्ने आरेप लाग्ने गरेको छ ।

शेयर गरौ

ताजा अपडेट