६० प्रतिशत मत खस्यो : निर्वाचन स्थलमा चहलपहल पातलो

खैरहनी १४ मंसिर । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ मा अपरान्ह ३ बज्दा १५ सय मत खसेको छ ।

यस वडामा कुल मत २ हजार १११ मतदाता रहेका छन । दुइटा मतदान केन्द्र रहेको यहाँ एउटामा ८ सय र अर्कोमा ७ सय मत खसेको हो । खैरहनी को वडा नम्बर ४ मा २ हजार ३० मत खसेको छ । निर्वाचन अधिकृतका अनुसार यस वडामा कुल मतदाता सन्ख्या २ हजार ६ सय ९२ मतदाता रहेका छन ।

दिउस २ बजे पछि चितवनका तीन वटा वडामा मतदाताको सन्ख्या पातलिएको छ । अहिले सम्म ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट