जनताको भरोसाको पार्टी नेकपा : खनाल

चितवन १२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका चितवन जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले विकास निर्माण गर्ने पार्टीको रुपमा नेकपा स्थापित भएको बताउनु भएको छ ।
नेकपा कालिका नगरपालिका वडा नंं ७ को कार्यालय उद्घाटन कार्यक्रममा विहीबार सम्वोधन गर्दै जनताको भरोसाको रुपमा नेकपा रहेको बताउनु भयो । राष्ट्रियताको विषयमा नेकपाको अडानलाई जनताले प्रसंसा गरेको भन्दै नेपालको सीमा अतिक्रमणको विरोधमा आवाज उठाउन छाड्न नहुने बताउनु भयो ।
सरकारले सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन तर्फ जादै गरेको जानकारी दिनु भयो ।
कार्यक्रममा चितवनको निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले नयाँ संविधानपछि कानुन निर्माणको काम तीब्र गतिमा भएको बताउनु भयो । संविधानले उल्लेख गरेका धेरै कानुन निर्माण भएर कार्यान्वयनको चरणमा रहेको बताउनु भयो । कानुनको अभावमा काममा ढिलाइ हुने अवस्था नरहेको बताउनु भयो । कानुन न्याय तथा मानवअधिकार समितिका सभापति समेत रहनु भएका पोखरेलले जनताको भरोसा र विश्वासको पार्टी भनेकै नेकपा मात्र रहेको बताउनु भयो ।
अहिलेको सरकारले धेरै काम गरेको दावी गर्दै सरकारको राम्रो कामको प्रचार नगरेर सामान्य कमजोरीलाई तिलको पहाड बनाउदै प्रतिपक्ष हिडेको बताउनु भयो । कार्यक्रममा नेकपा जिल्ला सदस्य जयचन्द चौधरीले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम नेकपा वडा अध्यक्ष तुलबहादुर विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट