बालकुमारीमा विज्ञान तथा फोटो प्रर्दशनी : न्यू होराइजन प्रथम

चितवन १२ मंसिर । बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको विशेष अवशरमा विहीवार अन्तर विद्यालय विज्ञान तथा फोटो प्रर्दशनी प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा भरतपुरको न्यू होराइजन प्रथम, रत्ननगरको नेपाल मा.वि द्धितीय, भरतपुरको अरबिट आ.मा.वि.र बालकुमारी कन्या मा.वि तृतीय र रन्तनगरको पंचकन्या विद्यामन्दिर सान्त्वना पुरस्कार पाएका थिए । प्रथम हुनेलाई ५ हजार, द्धितियलाई ४ हजार, तृतियलाई ३ हजार र सान्तोना लाई १ हजार र मायाको चिनो र प्रमाणपत्र वितरण गरिएको विज्ञान तथा फोटो प्रर्दशनी उपसमिति संयोजक सन्जिव शर्मा पौडेलले वताउनु भयो ।
कार्यक्रमका जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले सूचना प्रविधिवाट व्यवहारिक शिक्षा हासिल गर्न सजिलो हुने वताउनु भयो । यस्ता किसिमका प्रर्दशनीले घोकन्ते विद्या र शैदान्तिक शिक्षालाई व्यवाहारमा ढाल्न उपयोगि हुने बताउनु भयो । सामुदायिक विद्यालयमा पछिल्लो पटक गुणस्तर खस्किदै गएको चर्चा गदै डल्लाकोटीले प्रविधि मैत्रि शिक्षाले समाज रुपान्तरमा टेवा पुग्ने वताउनु भयो । वीरेन्द्र क्यपसका प्राध्यापक डा. हरिहर पैडेलले पाठ्यक्रम पढाएर भन्दा विज्ञान प्रयोगसालामा प्रयोग गरेर छिटो सिक्ने वताउनु भयो ।
प्रतियोगितामा १५ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहको थियो । विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापाको सभापतित्वमा भएको प्रर्दशनीमा स्मार्टसिटि, खगोलिय पिन्ड, प्ररम्परागत ढिकिजाता, सौर्यउर्जा, रोवट, र डोजर विज्ञान प्रदर्शनी गरिएको प्रचार प्रसार उपसमिति संयोजक सुमन गैरेले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट