भरतपुर, मंसिर १२ ;
जनताको आवाज रेडियो त्रिवेणी १००.६ भरतपुरको स्टेशन म्यानेजरमा मुकुन्द भुसाल नियुक्त हुनुभएको छ ।
आज बसेको रेडियोको सञ्चालक समितीको बैठकले उहाँलाई स्टेशन म्यानेजर पदमा नियुक्त गरेको हो । बिगत एक दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आउँनुभएका भुसाल रेडियो तथा टेलिभिजन पत्रकारितामा अब्बल मानिनुहुन्छ ।
रेडियो त्रिवेणीका अध्यक्ष तेज नारायण खरेलले नव नियुक्त स्टेशन म्यानेजर भुसाललाई बधाई तथा शुभकामना ब्यक्त गर्दै उहाँको कुशल नेतृत्व मार्फत संस्थाले थप प्रगती गर्ने विश्वास ब्यक्त गर्नुभयो । यस्तै रेडियोका प्रबन्ध निर्देशक सुदिप सिंह अधिकारीले बदलिँदो सञ्चार जगतमा रेडियोलाई थप शसक्त बनाउँन सिंगो समुह लागि पर्ने बताउँनु भयो ।

बैठकमा रेडियोका निर्देशकद्वय प्रकाश पौडेल र अर्जुन अधिकारीको समेत उपस्थिती रहेको थियो । विगत एक दशकदेखि रेडियो त्रिवेणीले २ हजार वाट प्रशारण क्षमता मार्फत निरन्तर समाचार, सुचना र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दै आईरहेको समाचार शाखा प्रमुख हेमराज रिमालले बताउनुभयो ।



