चितवन समाचार डटकम,
१२ मङसिर । मंगलबारराति सरकारसंग भएको सहमतीको विरोध गरेपनि विद्यार्थीलाई तत्काल पैसा फिर्ता गर्न नपर्ने चितवन मेडिकल कलेजले जनाएको छ ।
सहमतीपछि पनि विद्यार्थीले जारी राखेको आन्दोलनका विषयमा जानकारी दिने उद्देश्यले चितवन मेडिकल कलेजले विहीबार पत्रकार सम्मेलन गरी रकम फिर्ता नभइ समायोजन मात्र भएको जानकारी दिएको छ । मेडिकल कलेजका सञ्चालक डाक्टर हरिशचन्द्र न्यौपानले भन्नु भयो ‘एमवीवीएस र विडिएसमा अध्ययन गर्दै आएका पहिलो र दोस्रो वर्षका विद्यार्थीको शुल्क समायोजन प्रकृयामा गइसकेकाले आन्दोलनको अर्थ छैन ।’ तेस्रो र चौथो वर्षमा अध्ययन गरेका विद्यार्थीको हकमा विश्वविद्यालयको समन्वयमा चिकित्सा शिक्षा आयोगबाट आएको निर्णयपछि मात्र केही गर्न सकिने अवस्था रहेको डाक्टर न्यौपानेले बताउनु भयो ।
‘विश्वविद्यालयले तोकेको रकममा हामीले पढाएका छौ’ उहाले भन्नु भयो ‘अतिरिक्त लिएको रकमलाई भने आउदो वर्षमा तिर्नु पर्नेमा मिलाउने प्रकृयामा गइसकेको छ ।’ पहिलो दोस्रो वर्षमा पढ्नेहरुको हकमा हामीले बुधबारबाट लागु गरेका छौ । ‘तेस्रो र चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको हकमा भने आयोगले अध्ययन गरेर दिएको निर्णय हामीले पालना गर्ने हो’ न्यौपानले भन्नु भयो । सरकारसंग भएको दुइ वुदेमा पनि त्यही सम्झौता भएकाले त्यही अनुसार हामीले कामकार्बाही अगाडि बढाएका हौ ।
सहमतीमा नै भनिएको छ २०७२÷०७३ र ०७३÷०७४ को हकमा विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छलफल र छानविन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोग समस्या अनुरोध गर्ने । यही निर्णयलाई टेकेर हामीले काम गर्ने हो डाक्टर न्यौपानले भन्नु भयो ।
सरकारसंग भएको सम्झौतामा हामीले पालना गर्ने भन्दा भन्दै फेरि विद्यार्थीले गरेको आन्दोलनले अस्पतालमा अवस्था असहज बन्दै गएको उहाले जानकारी दिनु भयो । सरकारको निर्णय पालना गर्ने दायित्व आम जनताको भएकाले आन्दोलनरत विद्यार्थीलाई निर्णय कार्यान्वयन तर्पm लाग्न उहाले अनुरोध गर्नु भयो ।
आन्दोलनरत विद्यार्थी नसिम अख्तरले भन्नु भयो ‘आन्दोलनलाई निश्तेज पार्नको पहिलो र दोस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीको रकम समायोजन गर्ने भनेको हो, हामीलाई सरकार र मेडिकल कलेज सञ्चालकले झुक्काएको छ ।’ आफ्नो अधिकार पाउनका लागि सहमती विरुद्ध आन्दोलन जारी रहने उहाले बताउनु भयो । तेस्रो र चाथौ वर्षमा अध्ययन गरेका विद्यार्थीसंग लिएको धेरै रकम फिर्ता गर्नु पर्नेमा आयोगलाई अध्ययन गर्न दिने, प्रतिवेदन आएपछि निर्णय आएपछि भनेर झारा टार्ने काम भयो उहाले भन्नु भयो ।
आन्दोलनमा रहेका विद्यार्थीलाई फुटाएर आफ्नो योजना सफल बनाउन लागेका विद्यार्थीको भनाइ छ । सरकारपनि मेडिकल सञ्चालकसंग मिलेर विद्यार्थीको जयाज मगलाई सम्वोधन नगरेको बताएका छन् । सहमती खारेज गरी पैसा फिर्ता गर्ने सर्तमा मात्रै आन्दोलन रोकिने विद्यार्थीले बताएका छन् ।


