चितवन ११ मंसिर । नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अपराधकर्म गर्नेलाई कार्बाही गर्न नडराउने नेकपा पार्टीले जनताको पक्षमा डटेर काम गर्ने बताउनु भएको छ ।
चितवनको खैरहनी नगरपालिका वडा नंं. ४ र ५ को चुनावी सभालाई आज सम्वोधन गर्दै उहाले जनताको न्यायको लागि लड्ने पार्टी भनेकै नेकपा भएको बताउनु भयो । उहाले भन्नु भयो ‘अपराधकर्म गरेर १२ वर्षदेखि बसेका अफ्ताब आलमलाई बचाउन काँग्रेसले गरेको प्रदर्शनले उसको नीति कस्तो छ भन्ने प्रष्ट भएको छ ।’ अदालतले अपराधीलाई सजाय दिन खोज्दा पुरानो घटना निकाल्न पाइदैन भन्दै प्रदर्शन गर्ने पार्टीले कसरी न्यायको पक्षमा लड्दछ उहाले भन्नु भयो ।
अपराधमा सम्लग्न भएको भन्ने जानकारी पाउने बितिकै नेकपाका नेता वहालवाला सभामुखलाई कुनै रोकतोक नगरी कानुनी प्रकृयामा जान दिएका थियौ । उहाले भन्नु भयो नेकपा त्यस्तो पार्टी हो जसले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्दछ । जनताको पक्षमा बोल्ने, अधिकारको रक्षा गर्ने राष्ट्रियताको विषयमा आवाज उठाउने पार्टीनै नेकपा भएको बताउनु भयो । सीमाको विषयमा प्रधानमन्त्री ओलीले पद भन्दा राष्ट्रियता ठुलो भएको भन्दै दिनु भएको अभिव्यक्तिले नै नेकपाको नीति प्रष्ट भएको बताउनु भयो ।
कार्यक्रममा उहाले भूमिहिनहरुलाई एउटा मापदण्ड बनाएर जग्गा वितरण गर्ने तयारीमा रहेको जानकारी दिनु भयो । उहाले भन्नु भयो हामीले नै भूमिहिनको समस्या समाधान गर्ने छौ । वृद्धहरुको भत्ता यही सरकारको पालामा मासिक ५ हजार पु¥याउने भएकाले नेकपाका उमेद्वारलाई सूर्य चिन्हमा मतदान गर्न आव्हान गर्नु भयो ।


