सञ्चालक र सरकार बिचको सहमती विद्यार्थी झुक्याउने खेल

चितवन समाचार डटकम,
११ मङसिर । मंगलबार राति मेडिकल कलेज सञ्चालक र सरकार बिच भएको सहमती विद्यार्थीलाई झुक्याएर आन्दोलन तुहाउने षडयन्त्र भएको भन्दै चितवनमा प्रदर्शन भएको छ ।
मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा धेरै शुल्क लिएको विरोधमा प्रदर्शन भएपछि सञ्चालक र सरकार बिच शुल्क छिटो फिर्ता र समायोजन गर्ने सहमती भएको थियो । सो सहमती आन्दोलन तुहाउन, समायोजनको विषय न्यायोचित नभएको, लामो समयदेखि लिएको रकमको विषयमा छलफल नभएको, पैसा फिर्ता गर्ने मिति नतोकिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रेका हुन् ।
चितवन मेडिकल कलेज भरतपुरमा बुधबार विद्यार्थीले दिनभरी प्रदर्शन गरे । मेडिकल माफियाको जालमा सरकार फसेको भन्दै उनीहरुले चर्का नारा लगाएका छन् । चितवन मेडिकल कलेजमा चिकित्सा शास्त्रको चौथो वर्षमा अध्ययन गर्दै आउनु भएका नसिम अख्तरले भन्नु भयो ‘समायोजन हुन्छ भने २०७२÷७३ सालदेखिको विद्यार्थीको हुनु पर्दछ, पछिल्लो वर्षको पैसा फिर्ता गर्नु पर्दछ ।’ तेस्रो र चौथो वर्षका विद्यार्थीको विषयमा शिक्षा सेवा आयोगलाई प्रतिवेदन वुझाउने भनेको छ यो हामीलाई झुक्याउने, आन्दोलनलाई विथोल्ने काम भएको छ उहाले भन्नु भयो । सरकारले गरेको सहमती मान्य नहुने बताएका थिए ।
विद्यार्थीको समस्याका विषयमा सरकार गम्भिर नभएको भन्दै विद्यार्थीले रकम फिर्ताको चर्को रुपमा माग राखेका छन् । सरकार मेडिकल कलेज सञ्चालक र विद्यार्थीसंग ठिक्क भए जस्तो देखियो । समस्या परेका विद्यार्थीको पक्षमा राज्यले काम गर्न नसकेको उनीहरुको भनाइ छ । वुधबार दिनभरी विद्यार्थीको आन्दोलनका कारण मेडिकल कलेज प्रभावित भयो । अप्रिय घटना हुने भन्दै प्रहरीले ठुलो सख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट