नेपालमै पहिलो पटक जोनसोन टायलको शोरुम अब भरतपुरमा

भरतपुर, मंसिर ११ :

विश्वकै पहिलो टायल कम्पनी जोनसोन टायलको नेपालमा पहिलो शोरुम खुलेको छ ।

चितवनको भरतपुर स्थित केन्द्रिय बस टर्मिनल चोकमा बुधबार एक कार्यक्रमका बिच शोरुम उद्घाटन गरिएको हो । उद्योग वाणिज्य संघ चितवनका उध्यक्ष सहनलाल प्रधानले रिबन काटेर शोरुमको उद्घाटन गर्नुभयो ।

सो अवसरमा शोरुमका संचालक प्रकाश पौडेलले गुणस्तरिय टायलको खोजीमा भारतसम्म जानुपर्ने अवस्थाको अब अन्त्य भएको बताउँनुभयो ।

कतिपय कम्पनीहरुले अनिवार्य रुपमा जोनसोन टायल प्रयोग गर्नुपर्ने अवस्था रहेको र त्यसका लागि भारतको पटना, लखनउ लगायतका शहरहरुसम्म धाउँनुपरेको विगत स्मरण गर्दै नेपाली बजारमा विश्वप्रख्यात कम्पनीको टायल उपलब्ध गराउँन पाउँदा खुसी लागेको उहाँले बताउँनुभयो ।

संचालक पौडेलले जोनसोन टायल भन्नासाथ महंगो पर्छ कि भन्ने भ्रमबाट मुक्त हुन आम उपभोक्ताहरुलाई आग्रहगर्दै लोकल टायलकै मुल्यको दाँजोमा उच्च गुणस्तरको टायल प्रयोग गर्न सकिने तर्फ सचेत गराउँनुभयो ।

 

सोही अवसरमा बोल्दै भारतस्थित जोनसन टायल कम्पनिका प्रतिनिधि रबि मोहन ओझाले भारतिय बजारमा ठुुलो हिस्सा ओगटेको यस टायलले नेपालमा पनि राम्रो बजार लिने विश्वास ब्यक्त गर्दै अन्य शहरहरुमा पनि शोरुम खोल्ने योजना रहेको बताउँनुभयो ।

करिब १ सय दश वर्ष अघि स्थापित कम्पनिले बिगत ६५ वर्षदेखि भारतमा उत्पादन शुरु गरेको उहाँको भनाई छ ।

सो अवसरमा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठ, रेडियो त्रिवेणीका अध्यक्ष तेजनारायण खरेल, रेडियो त्रिवेणीका प्रबन्ध निर्देशक सुदिपसिंह अधिकारी लयायतको उपस्थिती रहेको थियो ।

 

हाउस अफ जोनसन अनिभा स्टोनेक्समा व्यावसायिक, आवासिय, औद्योगिक, स्वीमिङ पुल, पार्किङ लगायतका लागि आवश्यक हरेक किसिम र आकारका टायल साथै ज्याक्वेयर कम्पनीका सेनेटरी वेयर तथा सिपी फिटिङका सामाग्रीहरु उपलब्ध छन् ।

शेयर गरौ

ताजा अपडेट