मधेस मेरो लभर हो अब धेरै दुख दिन्न : अध्यक्ष प्रचण्ड

बारा १० मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको विकासमा आफ्नो ध्यान केन्द्रीत रहेको बताउनु भयो ।
बाराको निजगढमा आज आयोजित कार्यक्रममा उहाले भन्नु भयो मधेसमा मेरे पहिलेदेखिनै लभ परेको छ, लभरले कही विर्सन्छ र ? विकासको लागि जस्तो सुकै कदम चाल्नपनि पछि नपर्ने बताउनु भयो । प्रचण्डले भन्नु भयो मधेससँग मेरो लभ परेको छ, मेरो लभरलाई अब दुःख दिन्न,’ उहाले भन्नु भयो, ‘कसैले दुःख दिए त्यसका लागि मधेश आएर आन्दोलन गर्छु ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले आफुले शिल्यान्यास गरेको द्रूतमार्ग र हुलाकी राजमार्गको प्रगति राम्रो रहेको भन्दै नेकपाको ध्यान अव मधेश केन्द्रीत भएको बताउनु भयो । ‘कुनै पनि विकास निर्माणका काममा ढिलाई भए म तपाईहरुसँग काँधमा काँध मिलाएर आन्दोलन गर्छु,’ उहाले भन्नु भयो, ‘तपाईहरु विश्वस्त हुनुहोस् ।’
प्रदेश २ को पुर्वाधार विकास र सम्भावनाका बारेमा भइरहेका प्रगतिको बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले द्रूतमार्गको काम तिव्र गतिमा भइरहेको र बारामा बन्ने दोस्रो अन्तराष्ट्रिय विमानस्थलको विकल्प नभएको बताउनु भयो ।
‘हामी छिट्टै शिल्यान्यास गर्छौ र शिल्यान्यास गरेकै दिन उद्घाटनको मिति तोक्छौं,’ पोखरेलले भने, ‘दोस्रो अन्तराष्ट्रिय विमानस्थल बारामा नै बन्नेमा ढुक्क हुनुहोस् ।’  जनसभामा प्रदेशका आठै जिल्लाका नेकपा नेता कार्यकर्ता सहभागी रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट