वरिष्ठ पत्रकार, साहित्यकार विनय कसजूको निधन

 

काठमाडौं १० मंसिर । वरिष्ठ पत्रकार तथा बाल साहित्यकार विनय कसजूको निधन भएको छ ।

बालवाङ्मय तथा अनुसन्धान केन्द्रका संस्थापक अध्यक्ष कसजूको उपचारका क्रममा मंगलबार निधन भएको हो ।निमोनियाका कारण गएको कात्तिक १९ गतेदेखि उहाँको मेडिसिटी अस्पतालमा आईसीयूमा उपचार भइरहेको थियो ।

नेपाली भाषा साहित्यमा आधा दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय कसजू नेपाली पत्रकारिता क्षेत्रका पनि विशिष्ट व्यक्ति हुुनुहुन्छ । पत्रकारिता र साहित्य दुवै विधामा परिचित कसजू जनमूखी सञ्चार माध्यमका पक्षपाती हुन्। उहाँले साहित्यतिर छोटा कथा र बाल रचनामा विशेष रुपमा कलम चलाएका थिए।

ग्रामीण पत्रकारितालाई अघि बढाउन उहाँको ठूलो योगदान छ । उहाँले गाउँले जनजीवनका लागि उपयोगी गाउँले देउराली भित्ते पत्रिकाको प्रकाशन सुरु गर्नु भएको थियो । अहिले पनि पाल्पामा गाउाले देउराली पत्रिका लोकप्रिय रहेको छ ।

बालसाहित्यतर्फ उहाँका एक सय भन्दा धेरै कृति प्रकाशित भइसकेका छन् । विनय कसजुका १०० बालकथाहरु, मुसालाई दोसल्ला र माकुरालाई मोजा, बाासुरी बजाउने भूत, डल्फिनको गीतलगायतका चर्चित कृति सार्वजनिक छन् ।

शेयर गरौ

ताजा अपडेट