बिरामी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ

काठमाडौ ९ मंसिर । बिरामी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राजधानीबाट एक चिकित्सकलाइ पक्राउ गरेकाे छ ।नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहितप्रसाद झालाई आज पक्राउ गरेको हो।

उपचार गर्न साे अस्पतालमा पुगेकी एक महिलालाई चिकित्सक झाले बलात्कार प्रयास गरेको उजुरी परेपछि चिकित्सकलाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए।

चिकित्सक झामाथि लागेकाे उक्त आराेपका बारेमा अनुसन्धान भइरहेकाे उनले बताए ।महिलामाथि कुनै पनि किसिमकाे दुर्व्यवहार भएकारबाही हुने स्पष्ट व्यवस्था गरिएकाे छ ।

शेयर गरौ

ताजा अपडेट