देउवा जी भ्रमित उट्पट्याङ कुरा नगर्नुस : अध्यक्ष प्रचण्ड

चितवन ९ मंसिर । नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाइ जनता भ्रमित पार्ने उटपट्याङ कुरा नगर्न आग्रह गर्नु भएको छ ।

चितवनको विजयनगरमा आयोजीत चुनावी सभालाइ सम्बोधन गर्दै उहाले राष्ट्रीयताको विषयमा उटपट्याङ अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाउनु भयो । उहाले भन्न्नु भयो तपााईंको यस्ततै व्यबहारलेे गर्दा पार्ट्टि को  कस्ततो हालत भएको छ ।

प्रधानमन्त्रीसङ्को बैठमा एकताको कुरा गर्ने चुनाव हार्ने भएपछी नक्साको विषयमा आपत्ती जनक कुरा गर्ने उहाले भन्नू भयो ।  उपचुनावमा नेकपाले अत्याधिक जीत हासिल गर्ने देखेर विरोधीहरु आत्तिएको बताउनु भयो ।

उहाले अब पार्टिको एकताको सबै काम सकिएको भन्दै पाँच वर्ष नै ओलीको नेतृत्व हुने बताउनु भयो । आफू पार्टी काममा लाग्ने प्रष्ट म्यान्डेट आइसकेकाले दुबिदा नमान्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा नेकपा प्रदेश ३ का सह इन्चार्ज काशीनाथ अधिकारी , प्रदेश अध्यक्ष नारायण दाहाल, प्रदेश साम्सद कृष्ण भुर्तेल , पार्वती रावल , भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, वडा न १६ का उमेदवार भक्तराज हमाल लगाएतले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा विभिन्न स्थानबाट ५ हजार भन्दा धेरै स्थानीयको सहभागिता रहेको नेकपा नेता तेजेन्द्र बहादुर खड्काले जानकारी दिनु भयो । कार्यक्रममा सास्कृतिक प्रस्तुती दिएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका सयौलाइ अध्यक्ष प्रचण्डले टिकालगाएर स्वागत गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट