शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज विरुद्ध प्रदर्शन

चितवन ८ मंसिर । सरकारले तोकेको भन्दा धेरै शुल्क लिएको भन्दै चितवनका विद्यार्थीले चितवन मेडिकल कलेजका विरुद्ध आज भरतपुरमा प्रदर्शन गरेका छन् ।
चिकित्सा क्षेत्रमा अध्यापन गराउदै आएको मेडिकल कलेजले विद्यार्थीसंग चर्को शुल्क लिएको भन्दै आन्दोलन हुदै आएको छ । धेरै लिएको शुल्क फिर्ता र तोकेको रेटमा मात्र पढाउनु पर्ने भन्दै एमवीवीएस अध्ययन गर्दै आएका विद्यार्थीको आव्हानमा आज हजारौको सख्यामा विरोध जुलुस निकालेका हुन् ।
चिकित्सा शिक्षा संघर्ष समितिको ब्यानरमा सिएमसी सहित विभिन्न स्कुलका विद्यार्थीहरुको सहभागितामा नाराजुलुस गर्दै प्रदर्शन गरेका हुन । आन्दोलित विद्यार्थीहरुले चितवन मेडिकल कलेजबाट ¥यालीको आयोजना गर्दै लायन्सचोक, शहीद चोक, पुलचोक हुँदै पुनः चौबिसकोठीमा आएर कोणसभामा परिणत भएको थियो ।
जायज माग संबोधन नगरिए आफुहरु गोली थाप्न पनि तयार रहेको सिएमसीका विद्यार्थी मान्यता थापाले बताउनु भयो । मेडिकल माफियाहरुले विद्यार्थीलाई दिनसम्म दुख दिएको भन्दै अव यो आन्दोलनलाई पार लगाएरै छाडेने दृढता व्यक्त गरे । ‘जायज माग राख्दा सिएमसीसँगको मिलेमतोमा प्रहरीले विद्यार्थीहरुलाई धरपकड गरीरहेको छ’, उनले भने,‘ विद्यार्थी र अभिभावक ठक्ने माफियाहरुलाई कारवाहि गर्न यस्तो काम बन्द हुनैपर्छ ।

शेयर गरौ

ताजा अपडेट