संघीयताको अनुभूति गर्न अझै समय लाग्ने : पौडेल

चितवन, ८ मङसिर । ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको अनुभुति गर्न अझै दुई तीन वर्ष लाग्ने बताउनु भएको छ ।
जिल्ला समन्वय समिति महासंघ प्रदेश ३ को प्रदेश भेलालाई आईतवार चितवनको सौराहामा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले अझै सक्रमणकाल रहेकाले संघीयताको अनुभुती गर्न समय लाग्ने बताउनु भयो ।
‘सक्रमणकालको अन्त्य हुन सकेको छैन’ मुख्यमन्त्री पौडेलले भन्नु भयो ‘प्रदेश सरकार नयाँ संरचना भएकाले केही काम गरेन भनेर आलोचना गर्ने बेला होईन, समय कुर्नु पर्छ । प्रदेश सरकार गठन भएको दुई वर्ष मात्र भएको छ । परिणाम खोज्ने बेला भएको छैन । ’
समय र परिस्थितिले गर्दा सक्रमणकाल देखिएको छ उहाले भन्नु भयो एकै पटक परिवर्तन हुदैन, आत्तिने बेला छैन् । प्रदेशमा कर्मचारी अभाव रहेको र संघले ऐन नियमका लागि स्पष्ट निर्देशन गर्न नसक्दा संघीय सरकारको संरचना अनुसार चल्नु पर्ने उहाको भनाई थियो ।
उहाले भन्नु भयो अहिले प्रदेश सरकारसंग ४५ प्रतिशत मात्रै कर्मचारी छन् । काम गर्न खोज्यो कर्मचारी छैन, प्रदेशले कर्मचारी राख्न पाउदैन । उहाले समस्या सुनाउनु भयो भन्न मिल्दैन व्यथा चर्को छ एउटा कार्यालय सहयोगी राख्ने अधिकार प्रदेशलाइ छैन करारमा कर्मचारी राख्न सकिएको छैन । ५५ प्रतिशत कर्मचारी संघका छन् उनीहरुबाट काम लिनु पर्दा समस्या भएको छ मुख्यमन्त्री पौडेलले भन्नु भयो ।
प्रदेश सरकारले धेरै राम्रा योजनाहरु कार्यान्वयन गरिरहेको भन्दै मुख्यमन्त्री पौडेलले समय कुर्नु पर्ने दोहो¥याउनु भयो । स्थानीय तहलाई कमजोर बनाउने पक्षमा आफु नरहेको भन्दै उहाले जिल्ला समन्वय समितिलाई प्रभावकारी रुपमा योजना अनुगमन तथा समन्वयका लागि ऐन नियम बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
देशका सातवटै प्रदेश भन्दा भिन्न सम्भावना बोकेको ३ नं. प्रदेश भएकाले यसको विकासमा आफू चिन्तित भएको बताउनु भयो । प्रदेश अन्तरगतका जिल्ला समन्वय समितिहरु, त्यहाँका पालिका, स्थानीय निकायहरुले आफ्नो क्षेत्रको दीर्घकालिन विकासको योजना ल्याए प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिनु भयो ।
कार्यक्रममा उहाले जिल्ला विकासलाई जिल्ला समन्वय बनाएर अधिकार विहिन बनाएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । उहाले भन्नु भयो ‘देशमा काम गर्ने व्यक्तिहरु कम छन् जिल्ला समन्वयमा क्षमता भएका उर्जाशील जनशक्ति चुनिएर आउनु भएको छ तर काम पाएको छैन ।’ जिससलाई क्रियाशील बनाउने गरी आफूले सोचेको जानकारी दिनु भयो । उहाले भन्नु भयो पालिका प्रमुखहरु संघ सरकारको प्रमुख जस्तो शक्तिशाली भएको र आफै सर्वेसर्वा भएको जस्तो व्यवहार देखाउन थालेका छन्, जनताले जिताएर पठाएको व्यक्ति जनताको सेवक मात्र हुन्छ राज हुदैन ।’ जनताले सधै सम्मान गर्नु पर्ने आफूले जनताको लागि योगदान नदिने व्यवहार उनीहरुले त्याग्नु पर्ने बताउनु भयो ।
प्रदेश भेला १३ वुँदे घोषणा पत्र जारी गर्दै आईतवार सकिएको जिल्ला समन्वय समिति चितवनका प्रमुख समेत रहेका प्रदेश महासंघका प्रवक्ता कृष्णकुमार डल्लाकोटीले बताउनु भयो ।
जिल्ला स्थित संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरुलाई अनुगमन, समन्वय, निर्देशन आदि कार्यका लागि स्पष्ट कानूनी व्यवस्था हुनु पर्ने लगायत १३ वुँदे घोषणा पत्र जारी गरिएको डल्लाकोटीले बताउनु भयो । जिल्ला समन्वय समिति महासंघ प्रदेश ३ का अध्यक्ष एवंम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको भेलामा प्रदेशका १३ जिल्लाका जिसस प्रमुख, उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट