आज सोनाम ल्होछार, चितवनमा विविध कार्यक्रमको आयोजना

चितवन समाचारडटकम,
माघ २२ ।
आज सोनाम ल्होछार , तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनम सोनाम ल्होछार पर्व मनाईदैंछ । तामाङ समुदायले विविध कार्यक्रम गरी शुभकामना साटासाट गरी यो पर्व मनाउने गरेका छन् । चितवनमा पनि आज विविध साँस्कृतिक कार्यक्रमहरु, साँस्कृतिक र्याली आदी अयोजना गरिएको छ ।
ताम सोनम ल्होछार प्रत्येक वर्ष माघ शुक्ल प्रदिपदामा सुरु हुन्छ । ल्हो अर्थात् नयाँ। छार(सार) वर्ष। मञ्जुश्री पात्रोअनुसार कुकुर वर्ष पूरा भई मंगलबार सुंगुर वर्ष लागेको छ । यो २८५५औँ ल्होछार हो ।
नेपाल तामाङ घेदुङ रत्ननगर समितिले रत्ननगरको बकुलहरचोक देखि टिकौली चौरसम्म र्यालीको समेत आयोजना गरेको छ ।

¥यालीमा तामाङ भेषभुषा, संस्कृति तथा कला झल्कने गरि सहभागि हुन सबैलाई अव्हान गरिएको अध्यक्ष लामाले बताए । र्यालीपछि प्रदेश नं. ३ का भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री दावादोर्जे लामाको उपस्थितिमा विविध साँस्कृतिक कार्यक्रम तथा सहभोजकोसमेत आयोजना गरिएको छ । साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु मिलन लामा, हरि योञ्जन, डिबी लोप्चन लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ भने जातिय संस्कृति र भेषभुषा झल्कने विविध नृत्य प्रस्तुत गरिनेछ । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका नगरभित्रका अग्रज तामाङ अगुवाहरुलाई सम्मानसमेत गरिने घेदुङका सचिव आशिक तामाङले जानकारी दिए ।

यसैबीच भरतपुर नगर तामाङ समाज चितवनले पनि विभिन्न कार्यक्रम गरी ल्होछार मनाउने भएको छ । ल्होछार कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुती पनि रहने समाजका अध्यक्ष एवंम कार्यक्रम संयोजक गंगालाल तामाङले बताए । उनका अनुसार ल्होछारको दिन संयुक्त कार्यक्रम गरी मनाए पनि सवैले घरघरमा लुंगदर फेर्ने, आफन्तकोमा जाने तथा शुभकामना आदानप्रदान गर्न गरीन्छ ।

छेच्यु थर्प्लिङ गुम्बामा हुने कार्यक्रमलाई सफल बनाउन ल्होछार कार्यक्रम मुल आयोजक समिति गठन गरी गुम्बा सरसफाइ, रंगरोगन, प्रचारप्रसार लगायतका तयारी गरिएको समाजका सचिव सुर्य प्रकाश लामाले बताए । नयाँ वर्षका रुपमा मनाईने ल्होछार पर्व तामाङ समुदायको सवै भन्दा ठुलो सांस्कृतिक पर्व हो । हरेक वर्ष ल्हो परिवर्तन हुने परम्परा अनुसार यस वर्ष कुकुर वर्गलाई विदाई तथा बँदेल वर्गलाई स्वागत गरी ल्होछार मनाउदैछन । ल्होछारमा शुभकामना आदान प्रदान गर्ने, मिठो मसिनो खाने, आफु भन्दा ठुलाबाट आशिर्वाद लिने, गुम्बामा गई पुजा गर्ने तथा हरेक घरमा नयाँ लुंगदर राख्ने गरी धुमधामका साथ मनाउने गर्दछन ।
सोनाम ल्होछार महोत्सवमा तामाङ जातिको खाना, वेषभूषा, कला संस्कृतिलगायत प्रदर्शन गरिने जनाइएको छ । मंगलबार दिउँसो १ बजे टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ। यो अवसरमा प्रदेश ३ सरकारले आज सार्वजनिक बिदा दिएको छ । अरु प्रदेशमा भने सार्वजनिक विदा छैन ।

प्रदेश नम्वर ३ का भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाले सम्पूर्ण तामाङ समुदायमा सोनाम ल्होछार पर्वको शुभकामना दिनुभयको छ ।

शेयर गरौ

ताजा अपडेट