चितवन ७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी नेकपा का स्थायी कमिटी सदस्य नेता सुरेन्द्र पाण्डेले नेकपा जनताको दुखसुखको पार्टी भएको बताउनु भएको छ ।
शनिबार पुर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ मा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै नेता पाण्डेले नेकपा जनताको दुखमा आँसु पुछ्ने, दुखसुखको पार्टी भएको बताउदै काङ्ग्रेस कोइरालाको पार्टी भएको टिप्पणी गर्नुभयो ।
पुर्व अर्थ मन्त्रीसमेत रहनु भएका पाण्डेले चितवन क्षेत्र नम्बर १ मा कुनै पनि ठाउमा कालोपत्रे गर्न बाकी नरहेको बताउनु भयो । उहाले बिकास निर्माणको काम गर्ने पार्टी नेकपा मात्र भएको बताउदै आगामी मङ्सिर १४ गते हुने निर्वाचनमा सुर्य चिन्हमा मतदान गरि नेकपाका उमेदवारलाई बिजयी गराउन आव्हान समेत गर्नुभयो ।
नेता पाण्डेले निर्माणका कामको नेतृत्व नेकपा सरकारले गर्ने र सुरु भएका काम पनि छिट्टै पुरा हुने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाले नयाँ योजना पनि नेकपा सरकारले अगाडि बढाउँदैछ गरेको बताउदै निर्माण हुँदै गरेका योजना चाडै बन्न पनि नेकपालाई नै मत दिन आग्रह गर्नुभयो ।
वडा अध्यक्षका उमेदवार पुननारयण प्रधानले केन्द्र र प्रदेश तहका सरकारसँग समन्वय गरी विकासका कामको अगुवाइ गर्ने आफ्नो उम्मेद्बारी रहेको भन्दै मौका दिन आग्रह गरे ।
नेकपा खैरहनी ५ को बिशाल सभासम्पन्न
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपनिर्वाचन २०७६ अन्तर्गत खैरहनी नगरपालिकाको वडा न.४ मा चुनावी सभा एवं घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।नेकपाले खैरहनि नगरपालिका वडा न.५ को बुढौलिचोक देखि सुरु भएको जनप्रदर्शनमा सयौ जनसमुदायको उपस्तिथि रहेको नेकपाको युवानेता स्वरुप सुयालले बताउनु भएको छ।
नेकपाले घरदैलो सङ्गै मतदाता बिच चुनावीसभा गर्दै खैरहनी नगरपालिकाको ५ नम्बर वडामा व्यापक घरदैलो तथा चुनावी भेटघाट अभियान तिब्र पारेको छ।यसैगरी चुनावी सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं अर्थ तथा योजना बिभाग प्रमुख,पुर्व अर्थमन्त्री सुरेन्द्र पान्डे,नेकपा केन्द्रिय सदस्य एवं माननीय प्रदेश सांसद कृष्णप्रसाद खनाल,नेकपाका प्रदेश कमिटी सचिवालय सदस्य जे एन थपलिया र नेकपा जिल्ला कमिटी चितवनका अध्यक्ष यमबहादुर परियार,नेकपा नेता एवं बाम बुद्धिजीवी प्रेमराज रिमाल नेकपाका युवा नेता कमलराज पाठक लगायतले सुर्य चिन्हमा मतदान गरि नेपाल कम्युनिस्ट पार्टी नेकपा लाई बिजय गराए वडाको बिकास र समृद्धि आउने बताउनु भएको थियो।


