चितवन समाचार डटकम,
७ मङसिर । चितवन मेडिकल कलेजले विद्यार्थीबाट ५६ करोड रुपियाँ ठगी गरेको विद्यार्थीले आरोप लगाएका छन् ।
अदव मिडिया प्रालिले शनिबार भरतपुरमा आयोजना गरेको सम्वाद कार्यक्रममा जानकारी दिदै चिकित्सा शास्त्रश अध्ययन गर्दै आएका विद्यार्थीले अतिरिक्त शुल्क भन्दै सबै विद्यार्थीबाट ५६ करोड रुपियाँ ठगेको बताएका छन् । आन्दोलनको नेतृत्व लिदै आएका विद्यार्थी प्रकास चन्दले भन्नु भयो सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क भन्दै यहाँ अध्ययनरत विद्यार्थीबाट ठुलो रकम ठग्दा सम्म सम्वन्धीत निकाय मौन बसेको बताउनु भयो ।
ठगी गरेको ति रकम मध्य ३४ करोड विद्यार्थीलाई फिर्ता गर्नु पर्ने र २२ करोड रुपियाँ समायोजन गर्न मिल्ने बताउनु भयो । अन्तिम वर्षमा अध्ययन गरेका विद्यार्थीबाट पहिलेनै धेरै पैसा लिइसकेकाले सबै रुपियाँ समायोजन हुन नसक्ने विद्यार्थीको भनाइ छ । समायोजनमा तिर्न बाँकी र अध्ययन गर्न बाँकी रहेको विद्यार्थीको हकमा मात्र लागु हुने उहाँहरुको भनाइ छ ।
कार्यक्रममा विद्यार्थीले सरकारले तोकेको भन्दा धेरै लिएको शुल्क फिर्ता नगरेको भन्दै आइतबारबाट आन्दोलन गर्ने घोषणा गरेका छन् । तोकेको भन्दा धेरै शुल्क लिएको भन्दै गएको भदौदेखि आन्दोलन गर्दै आएका विद्यार्थी, मेडिकल कलेज सञ्चालक र जिल्ला प्रशासन कार्यालय बिच भएको सहमती कार्यान्वयन नभएको, शुल्क फिर्ता नभएको, तोकिएको शुल्कमा नपढाएको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।
चितवन मेडिकल कलेजका विद्यार्थी चन्दले भन्नु भयो ‘हामीले ठुला कुरा माग गरेका छैनौ सरकारले तोकेको शुल्कमा पढाइदिनु प¥यो मात्र भनेका हौ ।’ गएको असोज ४ गते प्रशासन कार्यालयमा लिएको वढी शुल्क फिर्ता गर्ने सहमती भएको थियो तर त्यो कार्यान्वयन भएको छैन । सरकारले यस विषयमा गम्भिर रुपमा नियम कार्यान्वयन नगराउदा विद्यार्थी ठगिनु परेको उहाले बताउनु भयो ।
सरकारले तोकेको भन्दा चितवन मेडिकल कलेजले विभिन्न शीर्षक देखाएर प्रति विद्यार्थी अतिरिक्त २२ लाख रुपियाँ लिदै आएको विद्यार्थी नसिम अख्तरले बताउनु भयो । एमविविएस तेस्रो वर्षमा अध्ययन गर्दै आउनु भएका राजेश यादवले भन्नु भयो ‘हामीलाई पढेको ६२ लाख रुपियाँ लाग्छ भनेर पहिलो किस्तामा ३० लाख लिइसकेको छ, बाँकी फेरि मागेको छ ।’ सरकारले उपत्यका बाहिर ४२ लाख रुपियाँ एमविविएस अध्ययन गर्न लिन पाउने व्यवस्था गरेको छ ।
भर्ना गर्ने समयमा बन्द कोठामा एक्लै राखेर यती पैसा दिने भए पढ्न पाउछन् दिदैन भने पाइदैन भन्दछन् यादवले भन्नु भयो । तोकेको पैसा तिरेर पढ्न कहाँ पाइन्छ यस्तो कुरा गरेमा यहाँबाट निकालिदिन्छन् उहाले भन्नु भयो ।
सुरुमा धेरै पैसा लिने र पछि आन्दोलनको क्रममा समायोजन गर्ने भन्दै नियम लागु नगर्ने उपर कार्वाहीको माग गर्नु भएको छ । आन्दोलनमा रहेका विद्यार्थीलाई मेडिकल कलेजका सञ्चालकबाट पैसा, गाडीको प्रलोभन आइराखेको विद्यार्थी मान्यता थापाले बताउनु भयो । तोकेको शुल्क भन्दा धेरै रुपियाँ तिरेको आफूसंग भौचर सुरक्षित रहेको विद्यार्थीले बताएका छन् । विद्यार्थीको आन्दोलन र तिर्न बाँकीको विषयमा कलेजका सञ्चालक हरिशचन्द्र न्यौपानलेलाई फोन गर्दा सम्पर्क हुन सकेन ।


