बालबालिकालाई व्यक्तिगत सरसफाइ सामग्री वितरण

चितवन ५ मङसिर । अन्तरराष्ट्रिय बाल दिवसको अवसर पारेर युथ क्लब नारायणगढले विद्यार्थीलाई व्यक्तिगत सरसफाइका सामग्री वितरण गरेको छ ।
खैरहनी नगरपालिका वडा नं. २ मा रहेको खनाल इटा उद्योगमा काम गर्ने मजदुरहरुका बालबालिकालाई आज सामग्री वितरण गरेको हो । क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा आधारभुत विद्यालय पटिहानीका प्रधानध्यापक सुनमाया लामाले बाल विकासको लागि सरसफाइ आवशयक भएको बताउनु भयो ।
व्यक्तिगत सरसफाइमा ध्यान दिन नसक्दा विरामी हुने र अस्वस्थ बालबालिकाको वृद्धि विकासमा समस्या पर्ने भएकाले सरसफाइमा विषेश ध्यान दिनु पर्ने बताउनु भयो । अझ मजदुर वर्गमा सरसफाइमा त्यती ध्यान पुग्न नसक्दा बालबालिकाहरु रोगको शिकार हुने बताउनु भयो । कार्यक्रममा पटिहानी स्वास्थ्य चौकीका प्रमुख अनुज मिश्रले आफ्ना अभिभावकले सन्तानलाई सरसफाइमा ध्यान दिनु पर्ने बताउनु भयो । बालबालिका स्वस्थ रहेमात्र आफूले गर्ने काम स्फूर्तीका साथ गर्न सक्ने बताउनु भयो ।
कार्यक्रममा पटिहानी टोल विकास सस्थाका अध्यक्ष तुलसी श्रेष्ठ, युथ क्लब नारायणगढका उपाध्यक्ष शालिग्राम नेपाल, खनाल इटा उद्योगका सञ्चालक इश्वरी पण्डित, क्लबका कार्यक्रम संयोजक रामचन्द्र आचार्यले मन्तव्य राख्नु भएको थियो । युथ क्लब नारायणगढ मार्फत ब्रेटर ब्रिक नेपाल परियोजना मार्फत चितवनको इटा उद्योगमा बालबालिकाको लागि शैक्षिक कार्यक्रम सञ्चालन हुदै आएको छ । यस वर्षदेखि चितवन र नवलपरासीमा कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक रामचन्द्र आचार्यले जानकारी दिनु भयो । चितवनको खनाल उद्योगमा मात्रै ५० जना बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको छ ।

 

शेयर गरौ

ताजा अपडेट