उपनिर्वाचनका लागि युवा परिचालन जिल्ला समिति गठन

चितवन ५ मंसिर । नेकपा चितवनसम्बद्ध युवाहरुको भरतपुरमा सम्पन्न भेलाले आसन्न उपनिर्वाचनमा युवा परिचालन गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ चितवनका संयोजक मधु न्यौपानेको संयोजकत्वमा १५१ सदस्यीय युवा परिचालन समिति, चितवन गठन गरेको छ । परिचालन समितिमा साविक नेकपा (एमाले) र साविक नेकपा (माओवादी) सम्बद्ध युवा संघका जिल्ला सदस्यहरु सदस्य रहने संयोजक न्यौपानेले बताउनु भयो ।
त्यस्तै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य दिवस पाण्डेको संयोजकत्वमा १७ सदस्यीय उपनिर्वाचन अनुगमन समिति निर्माण गरिएको छ । सदस्यहरुमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु प्रताप डल्लाकोटी, सन्तोष पनेरु, साजन अधिकारी, जिल्लाका युवा नेताहरु प्रल्हाद प्रधान, दिलीप न्यौपाने, खेमराज भट्टराई, अनिल लामा, उत्तम गुरुङ, ईश्वर रेग्मी, सविता लामा, सुशील केसी, इन्द्र भण्डारी, ऋषि रेग्मी, केदार आचार्य, रामु गोदार रहेका छन् ।
भेलामा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजीतको विशेष उपस्थिति तथा पार्टीका जिल्ला सदस्य कृष्णराज लब्ली न्यौपाने, सदस्य तथा जिल्ला कार्यालय सचिव प्रदीप पोखरेल, सदस्य गोपाल न्यौपाने, सदस्य कृष्ण केसीलगायतको आतिथ्यता रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट