पद जाने भएपछि मन्त्री खनाल र यादव गुन्टा कस्दै

काठमाडौ ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन कमजोर भएको भन्दै मन्त्रीपरिषद् पुनर्गठनको तयारी गरिरहेका बेला उद्योग, बाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादव मन्त्री र कृषिमन्त्री चक्रपाणी खनाल पुल्चोकस्थित मन्त्री क्वार्टरबाट बाहिरिने तयारीमा छन्।

पूर्ब माओवादीका तर्फबाट मन्त्री भएका यादब र खनाल प्रधानमन्त्री ओलीले १७ महिनाअघि गठन गरिएको मन्त्रीपरिषदबाट हटाउने पहिलो सूचीमा रहेका छन्।

बुधबार बिहानैदेखि प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल हटाउने र थप्ने मन्त्रीको कहिले बालुवाटार त कहिले शितल निबास धाइरहेका थिए। नयाँ मन्त्री बन्नेहरु क्वार्टरतिर आँखा लगाइरहेका बेला यादब र खनाल भने गुन्टा कस्ने तरखरमा थिए ।

मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरिले मन्त्रीबाट हट्ने खबर पाएपछि हिजो (मंगलबार) देखि नै कोठा खोज्न शुरु गरिएको बताए। ‘अहिलेसम्म कोठा पाइएको छैन’ गिरिले भने ‘छिट्टै छाड्नुपर्ने भएमा बुटवलमा रहेको कोठामा सामान सार्नुपर्छ।’

यादबका एक सहयोगीले चाँही मन्त्रीबाट हट्ने निश्चित भएपछि मन्त्री क्वार्टरमा सामान पोको पार्ने काम भइरहेको बताए।

शेयर गरौ

ताजा अपडेट