ओली नै पाँच वर्षसम्म प्रधानमन्त्री : कार्यकारी अध्यक्ष प्रचण्ड

काठमाडौँ, ४ मंसिर । नेकपाले केपी शर्मा ओलीलाई नै पाँच वर्षसम्म प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको वुधबार बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै, बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ ।

पार्टीको यस निर्णयअनुसार यो सांसद रहँदासम्म ओली नै प्रधानमन्त्री रहनेछन् भने पार्टीको अध्यक्ष तथा अन्य गतिविधि प्रचण्डको नेतृत्वमा हुने स्रोतले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट