पर्सा, ४ मंसिर :
प्रदेश–२ का सांसद ओमप्रकाश शर्मामाथि हातपात भएको छ ।
आज़ बिहान आदर्श नगर स्थित चिया पसल अगाडि नेपाली कांग्रेसका पर्सा अध्यक्ष भोला साह कलवारको समूहले उनि माथि हातपात गरेको शाहले जानकारी दिए ।
अहिले शर्मा र साहको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
साहले पनि शर्माको समूह आक्रमण गरेर घाइते बनाएको भन्दै त्यही अस्पतालमै उपचार गराइरहेका छन् ।


