सडक बालबालिकाको उद्धार र पुन:स्थापना फितलो

काठमाडौं, ४ मंसिर :

आज नेपाल सहित विश्वभर अन्तर्राष्ट्रिय बाल दिवस मनाइँदैछ ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बालअधिकार महासन्धि अनुमोदन गरे लगत्तै  ऐक्यबद्धता जनाएको नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बालअधिकार महासन्धिमा हस्ताक्षर गरेको थियो । नेपालले अन्तर्राष्ट्रिय बाल दिवस मनाउन थालेको २९ वर्ष पूरा भएको छ । दिवसका नाममा थुप्रै नारा राखेर तामझामका साथ दिवस पनि मनाइन्छन् तर ती दिवस आजसम्म पनि दिवसमै सिमित छन् ।  वि.स २०६८ सालको जनगणनाअनुसार नेपालमा बालबालिकाको संख्या १ लाख ४ हजार ७ सय १४ रहेको छ ।

जसमध्ये ५६ हजार २ सय ६७ बालक र ४८ हजार ४ सय ४७ बालिका छन् ।   विशेषगरी सडक बालबालिकाको उद्धार र पुनस्थापनाका लागि सरकारले विभिन्न नीति अघि सारेपनि कार्यान्वयन भने फितलो देखिन्छ । जसका कारण अपेक्षाकृत परिणाम हासिल हुन सकेको छैन । सडक बालबालिकाको समस्या शून्यमा झार्ने सरकारी योजना भने प्रभावकारी बन्न सकेको छैन । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार उपत्याकाबाट हालसम्म एक हजार दुई सय भन्दा बढी  बालबालिकालाई सडकबाट उद्धार गरिएको थियो ।

गत साउन यता पनि १ सय ८६ बालबालिकाको उद्धार गरिएको बालबालिका खोजतलास केन्द्रले जनाएको छ । वर्षेनी बालबालिकाहरू जोखिम तथा दुव्र्यवहारमा पर्ने तथ्यहरू सार्वजनिक भइरहेका छन् । जबरजस्ती करणी अपराधबाट पीडित बालिकाको संख्या दिनानुदिन बढ्दै गएको छ ।

शेयर गरौ

ताजा अपडेट