सल्यानमा मोटरसाइकलले ठक्कर दिदा पैदलयात्रीको मृत्यु

सल्यान, ३ मंसिर :

सल्यानमा मोटरसाइकलले ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको छ ।

सल्यानको श्रीनगरबाट दाङ जाँदै गरेको रा ४ प २४२४ न मोटरसाइकलले ठक्कर दिदा शारदा नगरपालिका ९ की ८० वर्षीया बालिका विष्टको मृत्यु भएको हो। सोमबार छत्रेश्वरी गाउँपालिका ६ लान्तिबजारमा बाटो काट्ने क्रममा वृद्धालाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

घाइते विष्टको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

शेयर गरौ

ताजा अपडेट