निजगढ विमानस्थलको शिलान्यास चाँडै हुन्छ : मन्त्री भट्टराई

काठमाडौँ, २ मङ्सिर :

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मंसिरमा शिलान्यास गर्ने घोषणा गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई रित्तै फर्किएका छन्।

बारास्थित कोल्हवी नगरपालिकाले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री भट्टराईले शिलान्यासको मिति उल्लेख नगरी भने, ‘ठ्याक्कै कहिले ढुंगा गाढेर शिलान्यास हुन्छ भन्ने प्रश्न छ, चाँडै नै हुन्छ।’ पहिलोपटक निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्न आएका मन्त्री भट्टराईले शिलान्यास पूर्वका काम अघि बढाइएको जानकारी दिए।

उनले बस्ती स्थान्तरणको मोडलबारे छलफल भइरहेको बताउँदै, काँटगाउँमा अधिकांशलाई मुअब्जा वितरण गरिएको बताए।

उनले रूख कटानको बारेमा वन मन्त्रालयसँग विभिन्न चरणमा छलफल गरिएको र मन्त्रीपरिषद्बाट टुंग्याउने गरि प्रधानमन्त्रीसँग समेत छलफल भएको बताए।

अन्तरक्रियामा संघीय सांसद रामबाबु यादव, रामसहाय यादव, प्रदेशसभाका सांसद त्रिलोकी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, कोल्हवी नगरपालिकाका मेयर भरतबहादुर भण्डारी, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल लगायत विभिन्न पार्टीका नेताहरूले सम्बोधन गरेका थिए।

शेयर गरौ

ताजा अपडेट