विश्वप्रकासले भने ‘सरकार स्वीट्जरल्याण्डको सपना देखाएर कोरियाको यात्रामा’

चितवन समाचार डटकम
चितवन, २१ माघ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले सरकारले काम नगरेकाले विरोधमा उत्रनु परेको बताउनु भएको छ ।
काँग्रेस चितवनले आज नारायणगढमा आयोजना गरेको विरोध सभामा बोल्दै प्रवक्ता शर्माले जनतालाई ठुलो आशा देखाएर कम्युनिष्ट सरकारले केही गर्न नसकेको दावी गर्नु भयो । यो सरकारले स्वीजरल्याण्डको सपना देखाएर उत्तर कोरियाको यात्रा तय गरेको छ शर्माले भन्नु भयो अहिलेको कमजोरी यही हो ।

काम गर्न नसकेकोमा काँग्रेसलाई दोषारोपण गरिएको उहाले बताउनु भयो । स्वर संगीत शब्द आफ्नो नृत्य राम्रो भएन भनेर अरुलाई दोष दिन मिल्छ शर्माले प्रश्न गर्नु भयो । सवै कुरा आफ्नो हातमा हुने काम विग्रीएमा काँग्रेसलाई दोष दिने यो कस्तो सरकार चलाउने ढंग हो उहाले प्रश्न गर्नु भयो ।
सरकारले संविधानलाई सवैको अपनत्व हुने गरी उठेका राजनीतिक मुद्दाहरु सम्वोधन गर्नु पर्नेमा जोड दिनु भयो । संसदमा काँग्रेसका अवरोधका बीच बिद्ययक पास गरेर सरकारले अधिनायकवादी शैली देखाएको उहाले आरोप लगाउनु भयो । काँग्रेसको शालिनतालाई कमजोरी नठान्न चेतावनी दिदै उहाले भन्नु भयो रोष्टम भाच्न एकदर्जन संसदनै काफी हुन्छ । कार्यक्रममा काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले प्रतिपक्षलाई साथ नलिए स्थानीयदेखि केन्द्रका कुनैपनि सरकारले काम गन नसक्ने बताउनु भयो ।
विरोध सभा अघि भरतपुरको चौविसकोठीबाट वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक सहिदचोक हुदै पुलचोकसम्म विरोध जुलुस निकालिएको थियो ।

ताजा अपडेट