काठमाडौं, १ मंसिर :
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतवार अपरान्ह बस्ने भएको छ। मन्त्री फेरबदलको चर्चा चलिरहेका बेला नेकपा सचिवालय बस्न लागेको हो।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्र केपी शर्मा ओलीले आफ्नो सचिवालयका केही सहयोगी हेरफेरपछि मन्त्रीहरु फेर्ने तयारी थियो। तर एकीकृत पार्टीका आयोगको नेतृत्व टुंग्याएपछि सचिवालय बस्न सकेको थिएन।
आज बस्ने सचिवालय बैठकको प्रमुख एजेन्डा मन्त्री हेरफेर र प्रधानमन्त्री ओलीको अमेरिकामा हुन लागेको मिर्गौला प्रत्यारोपण हुने स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीले ६ जना भन्दा धेरै मन्त्री हेरफेरको तयारी गरेको दाबी स्रोतको छ। बाहिरिने र भित्रिने मन्त्रीहरुको टुंगो आजको सचिवालय बैठकले लगाउन सक्ने बताइएको छ।


