समाजवादी पार्टीको निर्णय : पार्टी एकता , सरकार छाड्ने / नछाड्ने निर्णय पदाधिकारीलाई जिम्मा

काठमाडौ ३० कार्तिक । समाजवादी पार्टी नेपालले राजपासँगको पार्टी एकता र सरकार छोड्ने/नछोड्ने विषयको जिम्मा पदाधिकारीलाई दिएको छ । राजधानीमा दुईदिन चलेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय समितिको निर्णयको जानकारी दिदै डा. बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले पदाधिकारीलाई जिम्मा दिएको बताए । ‘राजपासँगको एकता र सरकार बारे कहिले कुन तरिकाबट छोड्ने भन्ने विषय टुंगो लगाउने जिम्मा केन्द्रीय समितिले पदाधिकारीलाई दिएको छ,’ पाण्डेले भने, ‘पदाधिकारीको बैठक सम्भवत भोलि (आइतबार) बस्छ ।’

समाजवादीको केन्द्रीय समितिको बैठकलाई चासोपुर्वक हेरेको राजपाले पार्टी समाजवादी सरकारबाट बाहिरिए मात्रै पार्टी एकता गर्ने सर्त राख्दै आएको छ । स्रोतकाअनुसार अध्यक्ष उपेन्द्र यादव पक्षले सरकार तत्काल नछाड्ने र बाबुराम पक्षले सरकार छाडेर राजपासँग पार्टी एकता गर्नुपर्ने धारणा बैठकमा चलेको थियो । संविधान संशोधनलगायतका विषय लिएर उपेन्द्र यादव केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

राजपासँग पार्टी एकता र सरकार छोड्ने÷नछाड्ने विषयमा टुंगो लगाउने जिम्मा केन्द्रीय समितिले पदाधिकारीलाई दिएको हो ।

नयाँ पत्रीकाबाट

शेयर गरौ

ताजा अपडेट