काठमाडौँ, कार्तिक ३० ।
प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रो पटक डायलसिस गरिएको छ ।
प्रधानमन्त्री ओली विहान स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए । डायलासिस गरेर अपराहृन बालुवाटार फर्किएका छन् । यसअघि ग्राण्डीमै प्रधानमन्त्री ओलीको दुईपटक डायलासिस गरिएको थियो ।
१२ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले गत साउनमा पहिला खाँदै आएको औषधि परिवर्तन गरेका थिए


