चितवन ३० कात्तिक । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि मिचिएको भन्दै पूर्वी चितवनको भण्डारामा युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।
युवाहरुको सस्था राइफल युनिटिलेले राप्ती नगरपालिका वडा नंं ५ भण्डारामा भारत विरुद्ध प्रदर्शन गर्दै कोण सभा गरे । नेपालको भूमि कालापानी लिपुलेक र लिम्पियाधुरा हाम्रो हो भारतिय हस्तक्षेप बन्द गर भन्ने नारा लगाएका थिए । सीमा मिच्न पाइदैन नेपाली भूमि फिर्ता गर, राष्ट्रियता प्रति सरकार जिम्मेबार बन , कालापानी हाम्रो हो लिपुलेक हाम्रो हो भन्दै आवाज उठाएका थिए ।
बिरोध कार्यक्रमको नेतृत्व भने राइफल युनिटिका अध्यक्ष गणेश तामाङले गरेका थिए । कार्यक्रममा देश भक्त युवाको तर्फबाट नबराज पाठक श्यामले राष्ट्रभत्ती अभिव्यत्ति दिएका थिए । कार्यक्रममा सन्चारकर्मी गोपाल बिश्वकर्मा समाजसेवी सन्जय श्रेष्ठ, निर्देशन त्रिपाठी अनेरास्ववियु राप्तीको तर्फबाट अनुज न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।


