चिनियाँ दूतावासका प्रवक्ताका तर्फबाट बिहीबार साँझ जारी विज्ञप्तिमा नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र सम्वादमार्फत् कालापानीमाथिको बिवाद समाधान गर्ने उल्लेख गरिएकाे छ । साथै चिनियाँ दुतावासले चीनबाट पनि नेपाली भूभाग मिचिएको समाचार र टिप्पणिप्रति असन्तोष व्यक्त गर्दै जनताको ध्यान अन्त मोड्ने गरी भ्रम सिर्जना गर्ने प्रयत्न भएको जनाएकाे छ ।
सन् १९६१ मा भएको सीमा सन्धीको आधारमा सीमा तय भएको र साेही बमाेजिम सीमांकन भएको पनि चीनले जनाएकाेछ । नेपाल र चीनबीचकाे सम्बन्धलाई कमजोर पार्न गरिएका प्रयास कुनैपनि किसिमले सम्भव नहुने दावी गरेकाे छ ।
भारतले कालापानी लगायतका क्षेत्रलाइ समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसकाे चाैतर्फी विराेध र प्रदर्शन हुँदै आएकाे छ ।